إعدادات العرض
जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्तिको जस्तै हो।
जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्तिको जस्तै हो।
अबू-मूसा (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्तिको जस्तै हो।" मुस्लिममा उल्लेख भएको संस्करण: "त्यो घर जसमा अल्लाहलाई याद गरिन्छ र त्यो घर जसमा याद गरिँदैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्तिको जस्तै हो।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Kiswahili Português සිංහල Nederlands Tiếng Việt অসমীয়া ગુજરાતી አማርኛ پښتو ไทย മലയാളംالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले अल्लाहको स्मरण गर्ने र नगर्ने व्यक्तिको बीचको भिन्नतालाई स्पष्ट गर्नुभएको छ। उहाँले यसलाई जीवित र मृत व्यक्तिको फरक जस्तो बताउनुभएको छ। अल्लाहलाई स्मरण गर्ने व्यक्ति जीवित व्यक्तिसँग तुलना गरिएका छन्, जसको बाहिरी रूप जीवनको प्रकाशले सुशोभित छ र भित्री रूप ज्ञानको उज्यालोले भरिएको छ, र त्यसमा लाभ हुन्छ। भने, अल्लाहलाई स्मरण नगर्ने व्यक्ति मृत व्यक्तिसँग तुलना गरिएका छन्, जसको बाहिरी रूप बेरंग छ, भित्री रूप शून्य छ, र जसमा कुनै लाभ हुँदैन। त्यसैगरी, घरलाई पनि जीवित भनिन्छ यदि त्यहाँका बासिन्दाहरू अल्लाहको स्मरण गर्छन्। अन्यथा, यदि बासिन्दाहरू अल्लाहको स्मरणबाट टाढा छन् भने, त्यो घरलाई मृत भनिन्छ। र जब घरलाई जीवित वा मृत भनेर वर्णन गरिन्छ, यसको अर्थ घरका बासिन्दाहरूलाई जनाइएको हुन्छ।فوائد الحديث
अल्लाहको स्मरण गर्न प्रेरणा दिनु र उहाँबाट गाफिल (बेपरवाह) हुनुबाट सचेत गराउनु।
स्मरण आत्माको जीवन हो, जसरी आत्मा शरीरको जीवन हो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को मार्गदर्शन अनुसार, उहाँले अर्थहरूलाई स्पस्ट पार्नको लागि उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो।
इमाम नववीले भन्नुभएको छ: यसमा घरमा अल्लाहको स्मरण गर्न प्रोत्साहन गरिएको छ, र यो स्मरणबाट खाली रहनु हुँदैन।
इमाम नववीले भन्नुभएको छ: यसमा आज्ञाकारितामा लामो जीवन बिताउनु एक महत्त्वपूर्ण गुण हो, र मृत्यु पछि मानिस खैर (परलोकमा सुख) मा प्रवेश गर्छ। किनभने जीवित मानिस आज्ञाकारिताबाट पापमुक्त हुन्छ र आज्ञाकारिता गर्ने कार्यमा वृद्धि गर्दछ।
التصنيفات
अल्लाहको जिक्र (स्तुति) गर्ने लाभहरू