सुरह नस्रको यो श्लोक({जब अल्लाहको विजय र फतह आयो} (सूरतुन्नसर: १) अवतरण पछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले…

सुरह नस्रको यो श्लोक({जब अल्लाहको विजय र फतह आयो} (सूरतुन्नसर: १) अवतरण पछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हान-क रब्बना व बिहम्दि-क अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता, तपाईं पवित्र हुनुहुन्छ, तपाईं कै लागि प्रशंसा छ। हे अल्लाह, मलाई क्षमा गर्नुहोस्।)

सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, उनी भन्छिनः सुरह नस्रको यो श्लोक({जब अल्लाहको विजय र फतह आयो} (सूरतुन्नसर: १) अवतरण पछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हान-क रब्बना व बिहम्दि-क अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता, तपाईं पवित्र हुनुहुन्छ, तपाईं कै लागि प्रशंसा छ। हे अल्लाह, मलाई क्षमा गर्नुहोस्।)

[सही] [मुत्तफकुन अलैहि]

الشرح

आइशा (रजियल्लाहु अन्हा) यस हदीसमा वर्णन गर्छिन्, जब अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई "इजा जाअ नसरुल्लाह" (सुरह नस्र)अवतरण गर्नु भयो, उहाँले तुरुन्तै अल्लाहको आदेश पालना गर्न थाल्नुभयो। र अल्लाहको आदेश {तिमी आफ्नो प्रभुलाई स्तुति गर्दै उहाँलाई क्षमा माग} तुरुन्तै पालन गर्नुभयो। त्यसकारण, उहाँ नमाजमा रुकु र सज्दा गर्दा बारम्बार "सुब्हान कल्लाहुम्म रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" पढ्नुहुन्थ्यो। "सुबहानाक" अर्थात अल्लाह सबै कमजोरीहरूबाट मुक्त हुनुहुन्छ। "अल्लाहुम्मा रब्बाना व बिहम्दिक" र्अथातः तपाईंको पूर्ण अस्तित्व, गुण र कार्यहरूको कारणले तपाईंलाई स्तुति गर्दै; र "अल्लाहुम्मग्फिरली" — मेरो पाप मेटिदिनुहोस् र क्षमा गर्नुहोस्।

فوائد الحديث

रुकु र स्ज्दा गर्दा यो प्रार्थना बारम्बार पढ्नु मुस्तहब हो ।

जीवनको अन्त्यमा क्षमा माग्नुको रहस्य भनेको उपासना, विशेष गरी नमाज, क्षमा माग्दै अन्त्य हुनुपर्छ, ताकि त्यसमा भएको कमी वा त्रुटि पूरा होस्।

अल्लाहको सामु प्रार्थना स्वीकार गर्ने सबैभन्दा राम्रो तरिका भनेको उहाँको स्तुति गर्नु र दोष र अपूर्णताबाट उहाँको पवित्रताको घोषणा गर्नु हो।

“इस्तिग्फार (क्षमा माग्नु) को ठूलो पुण्य छ, र यसलाई हरेक अवस्थामा माग्नुपर्छ।”

नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको उपासना र आदेशहरू पालनामा पूर्णताको शिखरमा हुनुहुन्थ्यो।

التصنيفات

सलाहमा पढिने दुआहरू