إعدادات العرض
मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી پښتو Română മലയാളം Deutsch Кыргызча ქართული Moore Magyar తెలుగు Svenska Македонски ಕನ್ನಡ Українська Kinyarwanda Oromoo ไทย Српски मराठी ਪੰਜਾਬੀ Wolof دری አማርኛ Malagasy ភាសាខ្មែរ Lietuviųالشرح
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मुस्लिमले आफ्नो मुस्लिम भाइलाई गाली गर्न र श्राप्न मनाहि गर्नु भएको छ; र यो फिस्क (अवज्ञा) हो, अर्थात् अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञाको उल्लंघन गर्नु हो । मुस्लिमले आफ्नो मुस्लिम भाइसित काटमार गर्नु कुफ्र हो, तर यो कुफ्रे अस्गर (सानो कुफ्र) हो ।فوائد الحديث
मुस्लिमको खुन र उसको इज्जत र सम्मानको कदर वाजिब (अनिवार्य) छ ।
मुस्लिमलाई अन्यायपूर्ण रूपमा दुर्व्यवहार गर्ने व्यक्तिको भयानक परिणाम; किनभने अन्यायपूर्वक गाली दिने व्यक्ति पापी (फासिक) हुन्छ।
कुनै मुस्लिमलाई गाली दिनु र उससित झगडा गर्नुले इमानलाई कमजोर र अधुरो बनाइ दिन्छ ।
केही कामहरूलाई कुफ्र भनिएको छ, तर त्यो इस्मालबाट निकालि दिने कुफ्रे अक्बर (ठूलोकुफ्र) होइनन् ।
यहाँ कुफ्रको तात्पर्य सानो कुफ्र हो, जसले व्यक्तिलाई इस्लामबाट बाहिर ल्याउँदैन भन्नेमा अहले सुन्नतको सहमति छ। किनभने अल्लाहले लडाइँ र विवादको अवस्थामा पनि आस्थावानहरूको इमान र भाइचारा कायम भएको प्रमाणित गर्नुभएको छ। उहाँले भन्नुभएको छ: "यदि मुस्लिमहरूका दुई समूह झगडा गर्छन् भने उनीहरूलाई मिलाइदिनु।" उहाँले भन्नुभएको छ: "निश्चय नै आस्थावानहरू दाजुभाइ हुन्।"
