إعدادات العرض
मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।
मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।"
الترجمة
العربية Bosanski English فارسی Français Indonesia Русский Türkçe اردو हिन्दी 中文 Kurdî Português Nederlands অসমীয়া Tiếng Việt ગુજરાતી Kiswahili پښتو සිංහල Hausa Tagalog മലയാളം Magyar ქართული తెలుగు Македонски Svenska Moore Română ไทย Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ বাংলা Wolof ភាសាខ្មែរ ಕನ್ನಡ Malagasy Kinyarwanda Shqip Yorùbáالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरहरूसँग (बहुदेववादी) जिहाद गर्ने र उनीहरूको सामना गर्न आफ्नो क्षमताअनुसार सबै साधन प्रयोग गर्न आदेश दिनुभएको छ, ताकि अल्लाहको वचन सर्वोच्च रहोस्। जिहादका केही साधनहरू यस प्रकार छन्: १- काफिरहरू विरुद्ध जिहादको लागि पैसा खर्च गर्नु, जस्तै हतियार खरिद गर्नु र मुजाहिदीनहरूलाई आपूर्ति गर्नु आदि। २- काफिरहरूसँग लड्न शरीर र आत्माले निस्कनु। ३- मौखिक रूपमा इस्लाममा आह्वान गर्ने, प्रमाण स्थापित गर्ने र उनीहरूको तर्क र दावीहरूको खण्डन गर्ने।فوائد الحديث
काफिरहरूसँग आफ्नो ज्यान, धन र जिब्रोद्वारा क्षमताले भ्याएसम्म युद्ध गर्न प्रोत्साहन। जिहाद केवल शारीरिक लडाइँमा सीमित छैन।
जिहादको आदेश अनिवार्य (वाजिब) हो। तर, जिहाद कहिलेकाहीं व्यक्तिगत रुपमा अनिवार्य हुन्छ र कहिलेकाहीं सामूहिक रुपमा।
अल्लाहले धेरै कारणहरूले जिहादलाई वैध गर्नुभएको छ: पहिलो: शिर्क र बहुदेववादिहरूसँग प्रतिरोध गर्नु, किनभने अल्लाहले शिर्कलाई कहिल्यै स्वीकार गर्नुहुन्न। दोस्रो: अवरोधहरू हटाउनु, जसले अल्लाहको मार्गतर्फको आमन्त्रण (दावत) को बाटोमा रोकावट पैदा गर्छ। तेस्रो: आस्था (अकीदा) को रक्षा गर्नु, यस्तो हरेक कुरा विरुद्ध, जुन इस्लामको सिद्धान्त र विश्वासको विरोधमा छ। चौथो: मुस्लिमहरूको रक्षा गर्नु, उनीहरूको देश, इज्जत, सम्पत्ति र जीवनको सुरक्षाका लागि।
التصنيفات
जिहादको हुकुम