क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन।

क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"

[सही] [अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामत नजिकिंदै गरेको संकेतहरू मध्ये समय छोटो र संकुचित हुने हो । वर्ष महिना जस्तै बित्नेछ, महिना हप्ता जस्तै बित्नेछ, हप्ता दिन जस्तै बित्नेछ, दिन घण्टा जस्तै बित्नेछ, र घण्टा खजूरको पात जलेझैं तिब्र गतिले बित्नेछ।

فوائد الحديث

कयामत नजिक हुने संकेतहरूमध्ये समयको बर्कत (आशीर्वाद) हराउनु र समय तीव्र गतिमा बित्नु पनि हो ।

التصنيفات

बर्जखको जीवन