إعدادات العرض
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने…
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा अन्य महिनामा । नमाजको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो, रुकुमा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि (रुकुबाट उठ्दा) ‘समिअल्लाह लिमान हमिदह’ भन्नुहुन्थ्यो र सज्दामा जानुअघि ‘रब्बाना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । त्यसपछि सज्दामा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि सज्दाबाट टाउको उठाउँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि दुई रकात पूरा गरेपछि तेस्रो रकाअतको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रकतमा तकबीर भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि उनले भने : अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda తెలుగు Bosanski Italiano ಕನ್ನಡ Kurdî മലയാളം Oromoo Română Soomaali Shqip Српски Українська Wolof Moore Tagalog Malagasy தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyarالشرح
अबू हुरैरा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको एक भाग बयान गर्दै भनेका छन् । उहाँ जब नमाजको लागि उभिनुहुन्थ्यो, तब उहाँ तकबीर तहरीमा(अल्लाहु अक्बर) भन्नुहुन्थ्यो । त्यसपछि रुकुमा जाँदा, सजदा गर्दा, रुकुबाट टाउको उठाउँदा, दोस्रो सज्दामा जाँदा, दोस्रो सज्दाबाट शिर उठाउँदा र तशह्हुदको लागि बस्दा र तीन वा चार रक्अतको नमाज मा तेस्रो र चौथो रक्अतको लागि उभिने बेला तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रक्अतमा तकबीर भन्नुहुन्थ्यो । रुकुबाट उठ्दा ‘समिअल्लाह लिमान हमिदह’ र ‘रब्बाना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि अबू हुरैरा (रजियल्लाहु अन्हु) ले भने : म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।فوائد الحديث
नमाजमा प्रत्येक पटक झुक्दा र उठ्दा तकबीर भनिनेछ, तर रुकुबाट उठ्दा 'समीअल्लाहु लिमान हमिदह' भनिन्छ ।
सहाबाहरूले हाम्रा नबी (सल्लल्लाहु अलैहि वसल्लम)को अनुसरण गर्न र उहाँको सुन्नतलाई सुरक्षित राख्न अत्यन्त मिहिनेत गर्नु भयो।
التصنيفات
सलाह पढ्ने विधि