जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।

जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।

बुरैदह (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ: " जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन। "

[सही] [अबू दाउद र अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले अमानत को नाममा शपथ खानुबाट रोक्नुभएको छ र यसको बारेमा चेतावनी दिनुभएको छ र जसले त्यसो गर्छ त्यो हामी (इस्लाम) मध्ये होइन।

فوائد الحديث

अल्लाह तआलाह बाहेक अरू कसैको नाममा शपथ खानु हराम छ। यसमा अमानातको नाममा शपथ खानु पनि समावेश छ, र यसलाई सानो शिर्क (शिर्के-असगर) मानिन्छ।

अमानतमा आज्ञाकारिता, उपासना, अमानत, सम्पत्ति, र सुरक्षा समावेश छ।

शपथ केवल अल्लाह, वा उहाँका नामहरूमा वा उहाँका गुणहरूमा नै मान्य हुन्छ।

खत्ताबीले भने: यसमा मनाहीको कारण यो हो कि अल्लाह र उहाँका गुणहरूको नाममा शपथ लिन आदेश गरिएको छ। जबकि अमानत अल्लाहका गुणहरूमध्ये होइन, बरु यो उहाँका आदेशहरूमध्ये एक आदेश हो। त्यसैले यसमा मनाही गरिएको छ, किनभने यसले अमानातलाई अल्लाहका नामहरू र गुणहरूसँग समान ठहर गर्ने सम्भावना छ।

التصنيفات

शिर्क (बहुदेववाद)