प्रत्येक वयस्कले शुक्रबारको दिन गुस्ल गर्नुपर्छ, मिस्वाक (दतिवन) ले मुख माल्नुपर्छ र उपलब्ध भएमा अत्तर लगाउनु…

प्रत्येक वयस्कले शुक्रबारको दिन गुस्ल गर्नुपर्छ, मिस्वाक (दतिवन) ले मुख माल्नुपर्छ र उपलब्ध भएमा अत्तर लगाउनु पर्छ ।

अम्र बिन सुलैम अन्सारीले बयान गरेका छन्, उनले भने: म गवाही दिन्छु, अबू सईदले भने र उनले गवाही दिए रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "प्रत्येक वयस्कले शुक्रबारको दिन गुस्ल गर्नुपर्छ, मिस्वाक (दतिवन) ले मुख माल्नुपर्छ र उपलब्ध भएमा अत्तर लगाउनु पर्छ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जुमाको सलाह अनिवार्य भएको हरेक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन नुहाउनु पर्छ । त्यसैगरी मिस्वाक आदि प्रयोग गरेर दाँत सफा गर्नुपर्छ । त्यसैगरी छ भने अत्तर लगाउनु पर्छ ।

فوائد الحديث

प्रत्येक वयस्क मुस्लिम पुरुषले शुक्रबारको दिन गुस्ल गर्नुपर्छ ।

मुस्लिमले आफ्नो सरसफाई गर्नु र गन्ध हटाउनु शरियाद्वारा आवश्यक छ ।

शुक्रवारको सम्मान र यसको लागि तयारी गर्ने ।

जुमाको सलाहको लागि दाँत माझ्न दृढतापूर्वक सिफारिस गरिन्छ ।

जुमाको सलाहको लागि जानु अघि अत्तर लगाउन दृढतापूर्वक सिफारिस गरिन्छ ।

यदि कुनै महिला सलाह वा अन्य कुनै कामको लागि घरबाट बाहिर निस्कन्छ भने, उसलाई अत्तर लगाउन अनुमति छैन । किनभने यो निषेधित हो भन्ने कुरा सुन्नतबाट प्रमाणित छ ।

यस हदीसमा "अल-मोहतलिम" शब्दले वयस्कलाई जनाउँछ र यौवनका केही लक्षणहरू छन् । तीनवटा यस्ता लक्षणहरू छन्, जुन पुरुष र महिला दुवैमा पाइन्छ । पहिलो : १५ वर्षको उमेर पुग्नु । दोस्रो : गुप्ताङ्ग वरिपरि खस्रो रौं निस्कनु । तेस्रो : सपना वा बिपनामा वीर्य स्खलन हुनु । जबकि चौथो चिन्ह महिलाको लागि विशिष्ट छ र त्यो महिनावारी हो, त्यसैले जब महिला महिनावारी हुन्छ, उनी वयस्क भइन् ।

التصنيفات

जुमाको सलाहका प्रावधानहरू