إعدادات العرض
मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन । यसले केवल कंजूसबाट उसको धन निकालिनेछ ।
मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन । यसले केवल कंजूसबाट उसको धन निकालिनेछ ।
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन । यसले केवल कंजूसबाट उसको धन निकालिनेछ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî മലയാളം Kiswahili සිංහල አማርኛ অসমীয়া ગુજરાતી Tiếng Việt دری Nederlands Soomaali پښتو Svenska Oromoo ไทย Кыргызча Română తెలుగు Lietuvių Malagasy ಕನ್ನಡ Српски Yorùbáالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नज्र (मन्नत र भाकल) मान्न निषेध गर्नुभयो । नज्र भनेको एक व्यक्तिले आफूलाई त्यस्तो काम गर्न बाध्य पार्नु हो जुन शरियतले उसलाई बाध्य पारेको छैन । उहाँले थप भन्नुभयो : मन्नतले कुनै कुरालाई नत अगाडि बढाउँछ नत पछाडि नै । यो केवल कंजूसबाट खर्च गर्ने एउटा तरिका हो, जसले फर्ज बाहेक केही खर्च गर्दैन । मन्नतले भाग्यमा नलेखेको कुरा ल्याउँदैन ।فوائد الحديث
"मन्नत मान्न अनुमति छैन, तर यदि मन्नत मानिएको छ भने, त्यो पाप नभए पूरा गर्नु अनिवार्य हुन्छ।"
(मन्नतले कुनै फाइदा गर्दैन); भनेर मन्नतलाई निषेध गर्नुको कारण भनेको यसले अल्लाहको कुनै निर्णयलाई परिवर्तन गर्न सक्दैन । त्यसैगरी मन्नत गर्ने व्यक्तिले मन्नतको कारणले मात्र आफ्नो मनसाय पूरा भएको सोच्नु हुँदैन, किनकि अल्लाह उसको मन्नतबाट निरपेक्ष हुनुहुन्छ ।
इमाम कुर्तुबी भन्छन्: यसलाई यो कारणले गर्दा निषेध गरिएको छ कि जस्तै एक व्यक्तिले भन्छ: यदि अल्लाहले मेरो बिरामीलाई निको पार्नुहुन्छ भने म यति दान दिनेछु । निषेधको कारण के हो भने उनले आफ्नो काम पुरा भएमा मात्र दान दिने शर्त राखेको छ । यसले के स्पष्ट हुन्छ भने यो उपासना (दान) अल्लाहको लागि मात्रै हैन । बरु उसले क्षतिपूर्तिको बाटो रोजेको छ । यदि अल्लाहले रोगीलाई निको पारेनन् भने, उसले दान दिनेछैन र यो कंजूसको मामिला हो भन्ने प्रष्ट हुन्छ । किनभने उसले तुरुन्तै र बढी प्राप्त हुने चीजको सट्टामा मात्र आफ्नो सम्पत्ति दिने भनेको छ ।
التصنيفات
कसम र भाकल