कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको…

कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ।

ओसामा बिन जैद (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि उहाँलाई सोधियो, “तपाईं उस्मान (रजियल्लाहु अन्हु) समक्ष गएर उहाँसँग कुराकानी किन गर्नुहुन्न?” यसको जवाफमा उहाँले भन्नुभयो: “के तिमीहरू यस्तो ठान्छौ कि मैले तिमीहरूलाई सुनाएर मात्र उहाँसँग कुरा गर्छु? अल्लाहको कसम! मैले उहाँसँग एकान्तमा कुराकानी गरेको छु। तर, म फितना (विद्रोह वा अशान्ति) को ढोका खोल्न चाहन्न र म त्यो ढोका खोल्ने पहिलो व्यक्ति बन्न पनि चाहन्न। साथै, नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट एउटा कुरा सुनिसकेपछि, म मेरो शासकलाई नै ‘मानिसहरूमध्ये सर्वोत्कृष्ट’ भनी प्रशंसा गर्ने चाहन्न, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि: "कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) लाई मानिसहरूले भने कि तपाईं उस्मान बिन अफ्फान (रजियल्लाहु अन्हु) कहाँ किन जानुहुन्न र अहिले देखा परेको फितना (अशान्ति) को समाधानका लागि उहाँसँग खुलेर कुरा गर्नुहुन्न?” उहाँले जवाफ दिनुभयो कि मैले उहाँलाई गोप्य रूपमा भेटेर सुधारका लागि कुरा गरिसकेको छु। म सङ्कटलाई थप बल्झाउन होइन, शान्ति कायम गर्न चाहन्छु। म खुलेआम शासकको विरोध गर्ने र जनतासामु उहाँको आलोचना गर्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। किनभने त्यसले शासकमाथि आक्रमण र अवज्ञाको ढोका खोल्छ, र यो फितना तथा अशान्तिको ठूलो कारण बन्छ। म त्यस्तो ढोका खोल्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। त्यसपछि उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) ले भन्नुभयो: अमीर (शासक) हरूलाई गोप्य रूपमा राम्रो सल्लाह र उपदेश दिनुपर्छ र यसमा कुनै ढिलासुस्ती गर्नु हुँदैन, चाहे उनी शासक नै किन नहोऊन्। उनीहरूको अगाडि झूटो प्रशंसा गरेर चापलूसी गर्नु हुँदैन। किनकि उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुन्नुभएको छ कि 'कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फ्याँकिनेछ। (नरकको आगोले गर्दा) उसका आन्द्राहरू बाहिर निस्कनेछन् र ऊ त्यसको वरिपरि यसरी घुम्नेछ जसरी गधा जाँतोको वरिपरि घुम्छ। यो देखेर नरकका मानिसहरू उसको वरिपरि भेला हुनेछन् र सोध्नेछन्: हे फलानो! तिमीलाई यो के भयो? के तिमी भलाइको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम गर्दैन थियौ र?'" उसले जवाफ दिनेछ: हो, यो सत्य हो, म अरूलाई राम्रो काम गर्न आदेश दिन्थें, तर म आफै त्यसको विपरीत गर्थें र अरूलाई नराम्रो काम गर्नबाट मनाही गर्थें, तर आफैं त्यसमा लिप्त हुन्थे ।

فوائد الحديث

शासक र हाकिमहरूलाई सल्लाह र उपदेश दिने मूल नियम यो हो कि उक्त कुरा उनीहरू र सल्लाह दिने बीच गोप्य रहनुपर्छ, र त्यसलाई सर्वसाधारणमाझ सार्वजनिक गर्नुहुँदैन।

जसले कुनै कुराको उपदेश दिन्छ तर ऊ आफैं त्यसको विपरीत गर्छ भने उसको लागि गम्भीर चेतावनी छ ।

यसमा शासकहरूसँग शिष्टता र नम्रता अपनाउन, उनीहरूलाई राम्रो कामको आदेश दिन र नराम्रो कामबाट रोक्न प्रोत्साहित गरिएको छ।

यसमा सत्यलाई पन्छाएर शासकहरूको चापलुसी गर्ने र मनमा एउटा कुरा राखेर बाहिर अर्कै देखाउँदै झूटो प्रशंसा गर्ने कार्यको कडा आलोचना गरिएको छ। यस्तो कार्य सत्य लुकाउने र चापलुसी गर्ने व्यक्तिहरूको विशेषता हो।

التصنيفات

स्वर्ग र नर्कको वर्णन