إعدادات العرض
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको…
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।
सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Kurdî Hausa Português മലയാളം తెలుగు မြန်မာ Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Kiswahili தமிழ் دری Akan Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm km rn ქართული Македонски Српски Ελληνικά አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुइटा कुराहरू बताउनुभएको छ, जसको पालना गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछ । १- अल्लाहलाई क्रोधित गर्ने बोली वचन बाट जिब्रो (मुख)लाई बचाउनु । २- गुप्ताङ्गलाई व्यभिचार (र त्यही सेरोफेरोमा पर्न कार्यहरु) बाट सुरक्षित राख्नु । किनभने धेरैजसो पापहरू यी दुई अंगहरूबाट नै हुने गर्छन् ।فوائد الحديث
जिब्रो (मुखको बोली) र गुप्तांगको रक्षा गर्नुले स्वर्गमा प्रवेश पाईन्छ ।
जिब्रो (मुखको बोली) र गुप्तांगलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने संसार र परलोकमा यी दुई अंगहरू (मानिसलाई हुने) यातनाको सबैभन्दा ठूलो कारण हुन् ।
التصنيفات
स्वर्ग र नर्कको वर्णन