के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ…

के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।

हारिसा बिन वहब अल खोजाई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गवासी र नर्कवासीहरूको केही विशेषताहरू वर्णन गर्नुभएको छ। "कमजोर र विनम्र" व्यक्तिहरु नै स्वर्गका अधिकांश मानिसहरू हुनेछन्। यसैकारण केही मानिसहरूले तिनीहरूलाई कमजोर र तुच्छ ठान्नेछन्। तर अल्लाहको दृष्टिमा तिनीहरूको महानता यस्तो हुनेछ कि यदि तिनीहरूले अल्लाहको अनुग्रह र दयाको आशामा शपथ खाए भने, अल्लाहले तिनीहरूको शपथको सम्मान गर्नेछन् र तिनीहरूको इच्छाहरू पूरा गर्नेछन्। जबकि नर्कमा धेरैजसो मानिसहरू बदमास, झगडालु वा विद्रोही हुनेछन्, जसले कुनै पनि राम्रो कुरा सुन्ने छैनन्। त्यसैगरी अहंकारी, घमण्डी र भारी शरीर भएको हुनेछन्, जसले सत्यलाई अस्वीकार गर्नेछ र अरू मानिसहरूलाई तुच्छ ठान्नेछ।

فوائد الحديث

स्वर्गका बासिहरूका विशेषता प्राप्त गर्न प्रोत्साहित गर्नु र नर्कवासीहरूको गुणहरूबाट सचेत गराउने ।

अल्लाहको नम्रता भनेको उहाँका आदेशहरू र निषेधहरू पालना र्गनु र सृष्टिको नम्रता भनेको मानिसहरू प्रति घमण्ड नगरी उनीहरूसँग सम्मानपूर्वक व्यवहार गर्नु हो।

इमाम इब्न हजरले भने: स्वर्गका अधिकांश बासिन्दाहरू विनम्र र श्रद्धालु हुनेछन् र नर्कका अधिकांश बासिन्दाहरू घमण्डी र आक्रामक हुनेछन्। यो पूर्ण रूपमा सबैलाई समेट्ने कुरा होइन, तर एक सामान्य प्रवृत्तिको रूपमा उल्लेख गरिएको हो।

التصنيفات

आखिरतको जीवन