सुन र मान । उसमाथि त्यो उत्तरादायित्व छ जो उस माथि हालिएको छ र तिमी माथि त्यो कुराको उत्तरादायित्व छ जो तिमी माथि…

सुन र मान । उसमाथि त्यो उत्तरादायित्व छ जो उस माथि हालिएको छ र तिमी माथि त्यो कुराको उत्तरादायित्व छ जो तिमी माथि हालिएको छ ।

हजरत वाइल बिन हज्रमीद्वारा वर्णन छ: हजरत सल्मा बिन यजीद जुअ्फी (रजियल्लाहु अन्हु)ले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)सित सोध्नु भयो : हे अल्लाहका नबी ! यदि हामी माथि यस्ता हाकिम नियुक्त भए जसले आफ्नो हक त मागे तर हाम्रा अधिकार दिएनन् भने तपाईँ यसका बारेमा के आदेश दिनु हुन्छ ? उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)ले उनको कुरामा ध्यान दिनु भएन । उनले फेरि सोधे: र पनि उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)ले उनको कुरा सुनेको नसुन्यै गर्नु भयो । उनले फेरि दोस्रो पटक वा तेस्रो पटक सोधे। अत: हजरत अश्अष बिन कैस (रजियल्लाहु अन्हु)ले उनलाई तान्नु भयो र भन्नु भयो : "सुन र मान । उसमाथि त्यो उत्तरादायित्व छ जो उस माथि हालिएको छ र तिमी माथि त्यो कुराको उत्तरादायित्व छ जो तिमी माथि हालिएको छ । "

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

अल्लाहका नबी(सल्लल्लाहु अलैहि व सल्लम)सित यस्ता हाकिमहरूका बारेमा सोधियो - जो मान्छेहरूसित त आफ्नो कुरा मान्न र आज्ञापालन गर्नका लागि त भन्छन् तर इन्साफ गर्ने र युद्धधन दिने,अन्यायबाट बचाउने र समानताको व्यवहार गर्ने जस्ता उनीहरूले गर्नु पर्ने कामहरू गर्दैनन् भने तपाईँले उनीहरूका साथ हामीले कस्तो व्यवहार गर्नु पर्छ भन्ने आदेश दिनु हुन्छ ? यो प्रश्न सुनेर नबी(सल्लल्लाहु अलैहि व सल्लम)ले प्रश्नकर्तातिरबाट मुख फर्काउनु भयो । यानी यो प्रश्न उहाँलाई मन परेन । तर सोध्ने वालाले आफ्नो प्रश्न दुई र फेरि तीन पटक सोधि रह्यो । यो देखेर हजरत अश्अष बिन कैस (रजियल्लाहु अन्हु)ले सोध्ने वालालाई चुप गराउन पछाडि तान्नु भयो । सो नबी(सल्लल्लाहु अलैहि व सल्लम)ले प्रश्नको जवाफ दिनु भयो र भन्नु भयो : उनीहरूले भनेको सुन र उनीहरूको आदेश पालना गर । किन भने उनीहरूलाई न्याय, निसाफ र प्रजाहरूलाई उनीहरूको हक दिने जस्ता जिम्मेवारीहरूको जवाफ दिनु पर्ला जो उनीहरूको जिम्मा लगाइएको छ र तिमीहरूलाई अनुसरण, परीक्षाको समयमा धैर्य जस्ता यो जिम्मेवारीहरूको बारेमा जवाफ दिनु पर्ला जो तिमीहरूको काँधमा राखिएका छन् ।

فوائد الحديث

अल्लाह तआलाको प्रसन्नताका कामहरूमा शासकहरूको कुरा सुन्नु, र उनीहरूले प्रजाको हक पुरा गरे पनि या नगरे पनि उनीहरूको आज्ञा पालना गर्नुपर्छ ।

शासकहरूको तर्फबाट उनीहरूका उत्तरादायित्त्वहरूमा हुने कमीले यो कुराको अनुमति दिँदैन कि जनताले पनि आफ्ना जिम्मेवारीहरू पुरा गर्नमा कमी गरून् । किन भने हरेक मान्छेसित उसको कर्मका बारेमा सोधपुछ हुनेछ र आफ्नो कमीको पकड हुनेछ ।

दीन (धर्म)को आधार जस्तालाई त्यस्तैमा आधारित छैन । आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्दछ । चाहे अरूले जिम्मेवारी पूरा गर्नमा कमी गरेको होस् । जसरी कि यो हदीसमा बताइएको छ ।

التصنيفات

आफ्ना प्रजाहरूमा इमामको अधिकार