जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले…

जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो । जो दोस्रो प्रहरमा मस्जिद जान्छ, उसले दानमा गाई दिए जस्तै हो । जो तेस्रो प्रहरमा मस्जिद जान्छ, उसले दानमा भेडा दिए जस्तै हो । जो चौथो प्रहरमा मस्जिद जान्छ, उसले दानमा कुखुरा दिए जस्तै हो । जो पाँचौं प्रहरमा मस्जिद जान्छ, उसले दानमा अण्डा दिए जस्तै हो । त्यसपछि जब इमाम (खुत्बाको लागि) आउनुहुन्छ, फरिश्ता (स्वर्गदूत) हरू उपस्थित हुन्छन् र खुत्बा(उपदेश) सुन्छन् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमाको नमाज लागि चाँडै जाने सद्गुणबारे बताउनुभएको छ । जुमाको लागि प्रारम्भिक आगमन सूर्योदयदेखि लिएर इमामको आगमनसम्म हुन्छ; र यो पाँच घडी हुन्छ । सूर्योदयदेखि लिएर इमामले खुत्बा (उपदेश) को लागि मिम्बर (मंच) मा चढ्नेसम्मको समयलाई पाँच भागमा विभाजित गरिएको छ : पहिलो: जसले जनाबत (यौनसम्बन्ध पछि) को स्नान जस्तै पूर्ण स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो । दोस्रो: जो दोस्रो प्रहरमा जान्छ, उसले दानमा गाई दिए जस्तै हो । तेस्रो: जो तेस्रो प्रहरमा जान्छ, उसले दानमा एउटा भेडा दिए जस्तै हो (सिङहरू भएको भाले भेडा) । चौथो: जो चौथो प्रहरमा जान्छ, उसले दानमा कुखुरा दिए जस्तै हो । पाँचौं: जो पाँचौं प्रहरमा जान्छ, उसले दानमा अण्डा दिए जस्तै हो । जब इमाम खुत्बा (उपदेश) दिन आउनु हुन्छ; ढोकामा बसेका स्वर्गदूतहरूले मस्जिदमा आउनेहरूलाई क्रमशः लेख्ने कार्य छोडेर जिक्र र खुत्बा सुन्न थाल्छन् ।

فوائد الحديث

जुमाको नमाज पढ्न जानु अघि नुहाउन प्रोत्साहन ।

जुमाको नमाज पढ्न पहिलो प्रहरमा चाँडै आइपुग्नुको श्रेष्ठता ।

राम्रो काम गर्न पहल गर्न प्रोत्साहन ।

फरिश्ता (स्वर्गदूत) हरू जुमाको नमाज उपस्थित हुन्छन् र उपदेश सुन्न्छन् ।

फरिश्ता (स्वर्गदूत) हरू मस्जिदहरूको ढोकामा हुन्छन् र जुमाको नमाज लागि आउनेहरूलाई क्रमशः लेख्छन् ।

इब्न रजबले भने: उहाँको भनाइ: "जसले शुक्रबारको दिन नुहाउँछ र त्यसपछि मस्जिद जान्छ" ले शुक्रबारको लागि मुस्तहब स्नान सूर्योदयदेखि सुरु हुन्छ र जुमाको लागि प्रस्थान गर्दा समाप्त हुन्छ भनेर प्रमाणित हुन्छ ।

التصنيفات

गुसल (स्नान) को सुन्नत र शिष्टाचार, जुमाको सलाह