जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमाको नमाजमा आउँछ र चुपचाप खुत्बा (उपदेश) सुन्छ र मौन रहन्छ, उसका एक…

जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमाको नमाजमा आउँछ र चुपचाप खुत्बा (उपदेश) सुन्छ र मौन रहन्छ, उसका एक शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा हुन्छन्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमाको नमाजमा आउँछ र चुपचाप खुत्बा (उपदेश) सुन्छ र मौन रहन्छ, उसका एक शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा हुन्छन् र जसले गिट्टीहरूलाई खेलायो, उसले व्यर्थ काम गर्यो ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजूका स्तम्भहरू, सुन्नतहरू र शिष्टाचारहरूको पालन गरेर राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमाको नमाजमा आउँछ र चुपचाप ध्यानपुर्वक इमामको खुत्बा (उपदेश) सुन्छ र बेकारका कुराकानीबाट टाढा रहन्छ, अल्लाहले उसका १० दिन; शुक्रबारदेखि शुक्रबारसम्म र थप तीन दिनका ससाना पापहरूलाई क्षमा गर्नुहुन्छ; किनकि १ नेकी दस गुणा बढाएर दिइन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खुत्बामा भनिएका उपदेशहरूमा ध्यान केन्द्रित गर्न र गिट्टी आदि छोएर वा अन्य प्रकारको व्यर्थ काम नगर्न चेतावनी दिनुभयो, किनभने त्यसो गर्नु पाप हो र पाप गर्नेले शुक्रबारको पुण्य पाउने छैन ।

فوائد الحديث

राम्रोसंग पूर्ण रूपमा वुजू गर्न र शुक्रबारको नमाजको पालन गर्न प्रोत्साहन ।

जुमाको नमाज को श्रेष्ठता ।

जुम्माको खुत्बा सुन्दा मौन रहनु अनिवार्य छ, र यसबाट ध्यान नबिचलित गर्नुपर्छ, चाहे त्यो कुरा गर्ने होस् वा अरू कुनै क्रियाकलाप।

यदि कसैले खुत्बा (उपदेश) को समयमा व्यर्थ काम गर्छ भने उसको नमाज मान्य हुन्छ तर पुण्यमा कमीका साथ ।

التصنيفات

जुमाको सलाहको विशेषता