إعدادات العرض
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە සිංහල دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Wolof Soomaali Български Українська Azərbaycan ქართული тоҷикӣ Македонски bm Ελληνικά ភាសាខ្មែរ አማርኛ Malagasy Oromooالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले धेरै झगडा गर्ने मान्छेसँग घृणा गर्नुहुन्छ, जसले सत्यलाई स्वीकार गर्दैनन् र आफ्नो तर्कले जित्न खोज्छ । वा सत्यको लागि झगडा गर्छ तर संयमताको सीमा भन्दा बाहिर जान्छ र कुनै विषयमा ज्ञान नभए पनि बहस गर्छ ।فوائد الحديث
पिडित व्यक्तिले शरिया कानून मार्फत आफ्नो अधिकार दाबी गर्नु निन्दनीय विवादको श्रेणीमा पर्दैन ।
लडाई झगडा वचनको खराबीको माध्यम बाट हुने गर्दछ, जसले मुस्लिमहरू बीच विभाजन र द्वन्द्व निम्त्याउँछ ।
यदि वादविवाद र बहस सत्यको लागि हो र यसको शैली राम्रो छ भने प्रशंसनीय हुन्छ । तर सत्यलाई इन्कार गर्ने र असत्यलाई स्थापित गर्ने वा प्रमाण बिनाको हो भने त्यो निन्दनीय रहन्छ ।