रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक सलाहमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त…

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक सलाहमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।

अबू अल-जुबैरले वर्णन गरेका छन्, उनले भने: अब्दुल्लाह बिन जुबैर (रजिअल्लाहु अनहुमा) हरेक सलाहमा सलाम फेरिसकेपछि यो दुआ भन्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, ला हौल वला कुव्वत इल्ला बिल्लाह्, ला इलाह इल्लल्लाहु, वला नाअ्बुदु इल्ला इय्याह्, लहुन्निअ्मतु व लहुल्-फज्लु व लहुस्सना उल्-ह सन्, लाइलाह इल्लल्लाहु मुख्लिसी न लहुद्दी न व लौ करिहल्-काफिरून्’ । उनले थप भने: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक सलाहमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य सलाहमा सलाम फेरिसकेपछि अल्लाहको पवित्रतालाई यस महान जिक्र मार्फत वर्णन गर्नुहुन्थ्यो, जसको अर्थ हो: "ला इलाहा इल्लल्लाह": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "वह्दहू ला शरीक लहु": उहाँ एक्लै हुनुहुन्छ र उपासना, प्रभुत्व र नाम र विशेषताहरूमा उहाँको कुनै साझेदार छैन । "लहुल्मुल्कु" : उहाँको लागि सार्वभौमसत्ता हो । उहाँ सर्वव्यापी, आकाश, पृथ्वी र बिचमा भएका सबै चीजहरूको स्वामी हुनुहुन्छ । “व लहुल्-हम्दु”: सम्पूर्ण प्रशंसाहरू उहाँकै उहाँ लागि हुन् । उहाँ हरेक दृष्टिले पिर्पूर्ण, सम्पन्न र निरपेक्ष हुनुहुन्छ । उहाँको महिमा दुःख सुख हरेक परिस्थितिमा प्रेम र आदरका साथ वर्णन गरिनेछ । "व हुव अला कुल्लि शैइन् कदीर्": उहाँको शक्ति सबै मामिलामा पूर्ण छ । उहाँको लागि कुनै पनि कुरा असम्भव छैन । उहाँले गर्न नसक्ने केही छैन । "ला हौल वला कुव्वत इल्ला बिल्लाह्": अल्लाहको तौफिक (सहायता) बिना एक अवस्थाबाट अर्को अवस्थामा सर्ने र उहाँको अवज्ञा छोडेर आज्ञापालन गर्ने शक्ति कसैसँग छैन । उहाँ नै वास्तविक सहयोगी हुनुहुन्छ र उहाँमाथि नै सम्पूर्ण भरोसा छ । "ला इलाह इल्लल्लाहु, वला नाअ्बुदु इल्ला इय्याह्": अल्लाह बाहेक अरू कोही उपासना योग्य छैन र उहाँको कुनै साझेदार छैन भन्ने कुरामा जोड दिइएको छ । "लहुन्निअ्मतु व लहुल्-फज्लु": उहाँ नै हुनुहुन्छ जसले सबै आशीर्वादहरू सिर्जना गर्नुहुन्छ, उहाँ तिनीहरूको मालिक हुनुहुन्छ र उहाँ जसलाई चाहनुहुन्छ आशीर्वाद दिनुहुन्छ । "व लहुस्सना उल्-ह सन्": उहाँको जात, गुण, कर्म, आशीर्वाद र हरेक परिस्थितिमा उहाँको लागि उत्कृष्ट प्रशंसा छ । "लाइलाह इल्लल्लाहु मुख्लिसी न लहुद्दीन" हामी इख्लासका साथ उहाँको उपासना गर्छौं । उहाँको उपासनालाई हरेक किसिमको कपट, पाखण्ड, ढोंग र प्रसिद्ध हुने भावनाबाट मुक्त राख्छौं । "व लौ करिहल्-काफिरून्": हामी तौहीद (अल्लाहलाई एक मान्ने) र उहाँको उपासना गर्नमा अडिग रहनेछौं, चाहे काफिरहरूलाई नराम्रो लागे पनि ।

فوائد الحديث

हरेक फर्ज सलाह (अनिवार्य नमाज) पछि यो जिक्र पावन्दीका साथ पढ्नु मुस्तहब हो ।

एक मुस्लिम आफ्नो धर्ममा गर्व गर्दछ र काफिरहरूलाई नराम्रो लागे तापनि खुला रूपमा आफ्नो रीतिथिति पछ्याउँछ ।

जब हदीसमा "दुबर अल-सलात" (नमाज पछि) शब्दहरू देखा पर्छन् र हदीसमा 'जिक्र' उल्लेख छ भने यसको अर्थ सलाम पछि हुनेछ, तर यदि उल्लेख छ भने यो सलाम भन्दा पहिले हुनेछ ।

التصنيفات

सलाहमा पढिने दुआहरू