إعدادات العرض
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, यद्यपि अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"
[हसन] [तिर्मीजीले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी বাংলা Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Hausa دری Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Wolof Soomaali Moore Українська Български Tagalog Azərbaycan ქართული тоҷикӣ bm Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब कुनै मुस्लिमले अल्लाहको किताबको एक अक्षर पढ्छ, उसले बदलामा एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ । त्यसपछि उहाँले प्रष्ट पार्दै भन्नुभयो, “म अलिफ, लाम, मीम एउटै अक्षर हो भन्दिनं, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर र मीम एक अक्षर हो । यसरी तीन अक्षरलाई पढ्दा तीस पुण्य मिल्छ ।فوائد الحديث
अत्यधिक कुर्आनको तिलावत गर्ने प्रोत्साहन।
कुर्आन पढ्ने व्यक्तिले उसले पढेको प्रत्येक अक्षरप्रति एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ ।
अल्लाहको अपार कृपा र दया हो कि उहाँले आफ्ना सेवकहरूको इनाम बढाएर प्रशस्त मात्रामा दिनुहुन्छ ।
अन्य वाणीहरू भन्दा कुर्आनको श्रेष्ठता र यसको तिलावत (पठन) उपासना हो; किनभने यो कुर्आन अल्लाहको वचन हो ।