إعدادات العرض
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग मक्काबाट मदिना फर्किरहेका थियौं । बाटोमा पानी भेटिएपछि केही मानिसहरूले अस्रको समयमा हतार गरे र छिटो छिटो वुजू गरे । हामी त्यहाँ आइपुग्दा उनीहरूको कुर्कुच्चोमा पानी नपुगेकोले चम्किरहेको थियो। यो देखेर ररसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।"
الترجمة
العربية አማርኛ অসমীয়া ગુજરાતી हिन्दी Bahasa Indonesia Kiswahili Tagalog اردو Tiếng Việt دری Hausa Nederlands සිංහල پښتو Oromoo ไทย Svenska മലയാളം English Кыргызча Română తెలుగు Lietuvių Malagasy Türkçe ಕನ್ನಡ Српски Bosanski Kurdî Yorùbáالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूसँग मक्कादेखि मदीनासम्मको यात्रा गर्नुभयो । बाटोमा पानी भेटिएपछि केही साथीहरूले अस्रको नमाजको लागि हतार-हतारमा वुजू गरे र तिनीहरूको कुर्कुच्चो सुकेको र पानी नपुगेको स्पष्ट देखिन्थ्यो । तसर्थ, ररसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वुजू गर्दा आफ्नो कुर्कुच्चो धुन बेवास्ता गर्ने व्यक्तिहरूका लागि नर्कको दण्ड र विनाश छ । उहाँले तिनीहरूलाई पूर्ण रूपमा वुजू गर्न आदेश दिनुभयो ।فوائد الحديث
वुजू गर्दा दुवै खुट्टा धुनु अनिवार्य हो; किनकि यदि मसह गर्ने (पुछ्ने) अनुमति भएको भए कुर्कुच्चा नधोएमा आगो (नर्क) को दण्डको धम्की दिइने थिएन ।
वुजू गर्दा धुने अंगहरू पूर्ण रूपमा धुनु वाजिब हो । जसले जानाजानी वा अल्छीले थोरै भाग पनि धुन छोड्यो, उसको नमाज मान्य हुनेछैन ।
जाहिल (अज्ञानी व्यक्ति) लाई शिक्षा र मार्गदर्शनको महत्त्व ।
आलिम (विद्वान) ले फर्ज (कर्तव्य) र सुन्नत (अतिरिक्त) हरूलाई बेवास्ता गरेको देख्दा राम्रोसँग इन्कार गर्नुपर्छ ।
मुहम्मद इसहाक देहलवी भन्छन्: पूर्ण रूपमा वुजू गर्ने तीन तरिका छन्: १) फर्द: वुजूका अंगहरू एक पटक राम्ररी धुने । २) सुन्नत: तीन पटक धुने । ३) मुस्तहब: अंगहरूलाई लम्ब्याइ तीन पटक धुने ।
التصنيفات
वोजूको तरिका