إعدادات العرض
एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा…
एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा पर्यो उहाँले भन्नुभयो: "जाऊ, पहिला राम्रोसँग वुजू गरेर आउ ।" त्यसैले ऊ फर्कियो र त्यसपछि नमाज पढ्यो ।
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भने : एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा पर्यो उहाँले भन्नुभयो: "जाऊ, पहिला राम्रोसँग वुजू गरेर आउ ।" त्यसैले ऊ फर्कियो र त्यसपछि नमाज पढ्यो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Kurdî Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Hausa Kiswahili پښتو অসমীয়া دری or Čeština Română Nederlands Soomaali తెలుగు Српски മലയാളം Kinyarwanda Кыргызча ಕನ್ನಡ Wolof Magyar ქართული Moore Українська Македонски Azərbaycan Lietuvių አማርኛ Malagasy Shqip Oromooالشرح
उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिलाई देख्नुभयो जसले वुजू गरिसकेको थियो, तर उसको खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ थियो, जहाँ पानी पुगेको थिएन । उहाँले पानी नपुगेको ठाउँलाई औंल्याएर भन्नुभयो: फर्केर जानुहोस् र वुजूका प्रत्येक अंगहरूमा पानी हालेर राम्रोसँग वुजू गर्नुहोस् । त्यसैले त्यो व्यक्ति फर्कियो र राम्रोसँग वोजू गरेपछि नमाज पढ्यो ।فوائد الحديث
धर्मअनुसार राम्रो काम गर्न आदेश दिने र अज्ञानी वा असावधान व्यक्तिलाई मार्गदर्शन गर्न सक्रिय हुनु अनिवार्य छ, विशेष गरी त्यस्तो गलत काममा जब उसको उपासना बिग्रिने सम्भावना हुन्छ।
वुजूका अङ्गहरूमा पानी पुर्याउनु अनिवार्य हो र जसले अलिकति भाग छोड्छ (थोरै मात्रामा पनि) उसको वुजू मान्य हुँदैन र अन्तर लामो भएमा दोहोर्याउनु पर्छ ।
राम्रोसँग वुजू गर्नु आवश्यक छ । हदीसमा उल्लेखित तरिका अनुसार ठीक तरिकाले वुजू गर्नु पर्छ ।
दुवै खुट्टाहरू वुजूका अंगहरूमध्ये हुन्, यसलाई मसह गर्नु (पुछ्नु) पर्याप्त छैन, बरु धुनु पर्छ ।
वुजूका अंगहरू धुने क्रम क्रमशः जारी राख्नुपर्छ, अघिल्लो अंग सुक्नु अघि अर्को अंग धुनुपर्छ ।
अज्ञानता र बिर्सनेले वाजिबमा छुट हुँदैन, तर पाप लाग्दैन । किनभने जसले अज्ञानताको कारणले राम्रोसँग वुजू गरेको थिएन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई छोड्नुभएन बरु पुनः वुजू गर्न अनि त्यसपछि नमाज पढ्न आदेश दिनुभयो ।
التصنيفات
वोजूका स्तम्भहरू