إعدادات العرض
तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो त्यति दिनलाई महिनावारी ठानेर पर्ख अनि त्यसपछि नुहाउ
तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो त्यति दिनलाई महिनावारी ठानेर पर्ख अनि त्यसपछि नुहाउ
आस्थावानहरुकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, अब्दुर्रहमान बिन औफ की पत्नी उम्मे हबीबा बिन्त जहशले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिनावारी पछि पनि) रगत जारी रहेको गुनासो गरिन्, त्यसैले उहाँले उनलाई भन्नुभयो: "तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो त्यति दिनलाई महिनावारी ठानेर पर्ख अनि त्यसपछि नुहाउ"। त्यसैले उनी हरेक नमजको समयमा नुहाउँथिन् ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Malagasy or Čeština Oromoo Română Nederlands Soomaali Кыргызча తెలుగు ไทย Српски മലയാളം Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof Magyar ქართული Mooreالشرح
एक सहाबियाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई निरन्तर रगत बगिरहेको बारे गुनासो गरिन् । त्यसैले उहाँले उनलाई यो आकस्मिक संकट आउनु अघि जति दिन महिनावारी हुन्थ्यो त्यति दिनसम्म नमाजबाट टाढा रहन र त्यसपछि नुहाएर नमाज पढ्न आदेश दिनुभयो । त्यसैले उनी स्वेच्छाले हरेक नमाजको लागि नुहाउँथिन् ।فوائد الحديث
इस्तिहाजाः महिनावारीको सामान्य दिन बिति सक्दा पनि महिलामा रगत बगिरहनुलाई इस्तिहाजा भनिन्छ ।
इस्तिहाजाबाट पीडित महिलाले आफूलाई यो समस्या आउनुअघि महिनावारी भएजति दिनसम्म महिनावारी भएको ठान्नुपर्छ ।
महिनावारीको सामान्य दिन बितिसकेपछि उसले आफुलाई महिनावारीबाट शुद्ध मानेर पवित्रताको लागि स्नान गर्नुपर्छ, यद्यपि इस्तीहाजाको रगत बगिरहँदा पनि ।
इस्तीहाजा (रोग) बाट पीडित महिलाले हरेक नमाजको लागि नुहाउनु पर्दैन; उक्त सहाबीयाले आफ्नो स्वेच्छाले हरेक नमाजको लागि स्नान गर्थिन् । यदि यो कार्य अनिवार्य भएको भए नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीहरूलाई स्पष्ट पार्नुहुने थियो ।
इस्तीहाजा (रोग) बाट पीडित महिलाले हरेक नमाजको लागि वुजू गर्नुपर्छ; किनभने उसको वुजू भंग हुने प्रक्रिया निरन्तर चलिरहन्छ । यस्तै अन्य पिडित व्यक्तिको लागि पनि यही यो आदेश हो, जस्तै लगातार पिसाबको थोपा निस्कने वा हावा खुस्किने व्यक्ति ।
धार्मिक मामिलाहरूमा कुनै समस्या वा कठिनाइ आइपर्दा ओंलमा (विद्वान) हरूलाई निर्धक्कसँग सोध्नु पर्छ । जसरी उक्त महिला रसूल (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आइन् र अत्यधिक रक्तस्रावको गुनासो गरिन् र त्यसको समाधानबारे सोधिन् ।
التصنيفات
महिनावारी, सुत्केरी र इस्तिहाजा