إعدادات العرض
त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ अनि उहाँले भन्नुभयो : " त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि मसह गर्नुभयो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt ئۇيغۇرچە Hausa Português Kurdî മലയാളം Kiswahili Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá සිංහල ไทย پښتو অসমীয়া دری Кыргызча or Malagasy Română Kinyarwanda తెలుగు Lietuvių Oromoo Nederlands Soomaali Shqip Српски Deutsch Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो अनि उहाँले यात्राको क्रममा वुजू गर्नुभयो । वुजू गर्दा जब खुट्टा धुने पालो आयो, मुगीरह बिन शोबा (रजियल्लाहु अन्हु) ले मोजा फुकाल्न उहाँको खुट्टातिर आफ्नो हात बढाए ताकि उहाँ आफ्नो खुट्टा धुन सकून् । यो देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: छोड्देउ, यसलाई फुकाल्नु पर्दैन, किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ । तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो खुट्टा धुनुको सट्टा त्यसमाथि मसह गर्नुभयो ।فوائد الحديث
हदस अस्गर (सानो अपवित्रता) लाई हटाउन वुजू गर्दा मोजामा मसह गर्नु इजाजत छ, तर हदस अक्बर (ठूलो अपवित्रता) मा नुहाउने क्रममा खुट्टा धुनु पर्छ।
'मसह' भनेको भिजेको हातले मोजामाथिको भाग एक पटक घस्नुपर्छ, तल्लो भागमा होइन ।
मोजामाथि मसह गर्ने (घस्ने) केही शर्तहरू : खुट्टा धोएर पूर्ण रूपमा वुजू गरेपछि मोजा लगाएको हुनुपर्छ । मोजा पाक (शुद्ध) हुनुपर्छ । मोजाले खुट्टाको धुनु पर्ने भागलाई छोपेको हुनुपर्छ । हदस अस्गर (सानो अपवित्रता) मा मसह गर्न इजाजत छ, तर हदस अक्बर (ठूलो अपवित्रता) वा जनाबत (नुहाउनै पर्ने अवस्था) मा छैन । शरियतले तोकेको समय भित्र गर्नुपर्छ । मुकीम (निवासी) ले एक दिन-एक रातसम्म र मुसाफिर (यात्री) ले तीन दिन-तीन रातसम्म मसह गर्न इजाजत छ ।
"खुफ" अर्थात् छालाको मोजामाथि अन्य सामग्रीबाट बनेका मोजाहरूलाई कियास गरिनेछ र खुफ झैं त्यसमाथि पनि मसह गर्नु जायज छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च आचरण र तालिम दिने उत्कृष्ट तरिका; उहाँले मुगिरा (रजियल्लाहु अन्हु) लाई मोजा नफुकाल्न र मैले वुजूको अवस्थामा मोजा लगाएको थिएँ भनेर कारण पनि खुलाई दिनुभयो, ताकि उनी सन्तुष्ट होउन् र यसको हुकुम पनि थाहा होस् ।