मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको…

मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि होइन ।

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ । उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि होइन । यदि उसले खुशी पाउँछ भने यसको लागि धन्यवाद दिन्छ र यो उसको लागि राम्रो हो । यदि उसले कठिनाइको सामना गर्छ भने धैर्य गर्छ र यो उसको लागि राम्रो हुन्छ ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) मुमिनको मामिला र अवस्थालाई प्रशंसा गर्दै हुनुहुन्छ । किनभने उसका सबै अवस्थाहरू राम्रो छन् र यो मुमिन बाहेक अरू कसैलाई उपलब्ध छैन । यदि उसले खुसी पाउँछ भने अल्लाहलाई धन्यवाद दिन्छ अनि ऊ कृतज्ञताले पुरस्कृत हुन्छ । यदि उसलाई विपत्ति आइपर्छ भने ऊ धैर्य गर्छ र अल्लाहबाट इनाम खोज्छ र ऊ धैर्यताप्रति पुरस्कृत हुन्छ । यसरी उसले हरेक अवस्थामा इनाम पाउँछ ।

فوائد الحديث

खुशीमा कृतज्ञ हुनु र कठिनाइमा धैर्यताको सद्गुण । जसले यी दुवै काम गर्छ, उसले दुवै लोकको कल्याण प्राप्त गर्दछ । जो आशिषको लागि कृतज्ञ हुँदैन र विपत्तिमा धैर्य गर्दैन ऊ इनामबाट बञ्चित हुनेछ र पापको हकदार हुनेछ ।

इमानको सद्गुण र हरेक मामिलामा पुण्य केवल मुमिनको लागि हो ।

खुशीमा कृतज्ञता व्यक्त गर्नु र संकटको समयमा धैर्य गर्नु आस्थावानहरूको मार्ग हो ।

कजा व कद्र (अल्लाहको फैसला र भाग्य) मा विश्वासले मानिसलाई सबै परिस्थितिहरूमा पूर्ण रूपमा सन्तुष्ट बनाउँछ । जबकि गैर-मुमिनहरूको अवस्था यो भन्दा बिल्कुल फरक हुन्छ । उसलाई हानि आउँदा निरन्तर क्रोधित हुन्छ र वरदान पायो भने नशामा डुबेर अल्लाहको उपासनाबाट विमुख भएर अवज्ञाकारी गर्न थाल्छ ।

التصنيفات

आत्म-शुद्धि