जसले मेरो यो वोजु झैं वोजु गर्छ र आफ्नो मनमा केही नभनीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा…

जसले मेरो यो वोजु झैं वोजु गर्छ र आफ्नो मनमा केही नभनीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) को दास हुमरानले वर्णन गरेका छन्, उनले वुजु गर्नका लागि पानी मागे, उनले भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुखकुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक सफा गरे, त्यसपछि आफ्नो अनुहार र दुबै हात कुहिनो सहित तीन पटक धोए । त्यसपछि आफ्नो टाउको मसह गरे (पुछे), त्यसपछि दुवै खुट्टा तीन पटक धोए र भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वोजु जस्तै वोजु गरेको देखेको छु र त्यसपछि भने: " जसले मेरो यो वोजु झैं वोजु गर्छ र आफ्नो मनमा केही नभनीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को वुजुको विधिलाई सजिलोसंग सम्झाउनका लागि व्यवहारिक रूपमा गरेर देखाए । उनले एउटा भाँडोमा पानी मगाए, त्यसपछि पानी खन्याएर दुवै हातलाई तीन पटक सफा गरे, त्यसपछि आफ्नो दाहिने हात भाँडोमा राखे अनि पानी लिएर मुखकुल्ला गरे, मुख भित्र-बाहिर पानी घुमाए र त्यसपछि नाकभित्र पानी तानेर राम्रोसँग सफा गरे, त्यसपछि उनले आफ्नो अनुहार तीन पटक धोए, त्यसपछि आफ्नो दुवै हात कुहिनो सहित तीन पटक धोए, त्यसपछि पानीले भिजेका हातहरूले आफ्नो टाउकोमा एक पटक घसे, त्यसपछि आफ्नो गोलिगाँठोसमेत दुवै खुट्टाहरू तीन पटक धुए । उनले वुजु गरिसकेपछि उनीहरूलाई सम्बोधन गरे, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मेरो यो वोजु जस्तै वोजु गरेको देखेको छु र त्यसपछि उनले शुभ समाचार दिदै भने जसले मेरो यो वोजु झैं वोजु गर्छ, नम्रता र एकाग्रताका साथ अल्लाहको लागि दुई रकात नमाज पढ्छ, अल्लाहले उसका विगतका पापहरू क्षमा गर्नुहुनेछ ।

فوائد الحديث

यदि कोही निद्राबाट ब्यूँझिएको छैन भने पनि वुजुको सुरुमा भाँडामा हात हाल्नुअघि दुवै हात धुनु मुस्तहब हो । यदि निद्राबाट ब्युँझिएको छ भने दुवै हात धुनु अनिवार्य हो ।

विद्यार्थीलाई सजिलै बुझाउन र त्यसलाई सुदृढ गर्नका लागि शिक्षकले सबैभन्दा उत्कृष्ट तरिका अपनाउनुपर्छ, जस्तै व्यावहारिक शिक्षा दिनु ।

सलाह पढ्ने व्यक्तिले सांसारिक व्यस्ततासँग सम्बन्धित सबै विचारहरू टाढा राखेर प्रार्थना गर्नुपर्छ। किनकि नमाज तब मात्र पूरा हुन्छ जब हृदय र दिमागको साथ पढिन्छ । नत्र मनमा आउने विचारबाट बच्न गाह्रो हुन्छ । तसर्थ, व्यक्तिले विचारको धारामा बग्नुको सट्टा आफैंसँग लड्नुपर्छ ।

दाहिने तर्फबाट वुजु गर्नु सुन्नत हो ।

कुल्ला गर्ने, नाकमा पानी हाल्ने र नाक सफा गर्ने बीचको क्रम कायम राख्नुपर्छ ।

अनुहार, हात र खुट्टा एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु मुस्तहब हो ।

अल्लाहद्वारा विगतका पापहरू क्षमा गरिने कुरा दुई सत्कर्महरू एक साथ गरे पछि मात्र प्राप्त हुन्छ त्यो के हो भने हदीसमा उल्लेखित विधि अनुसार वुजु गर्नु र त्यसपछि दुई रकात सलाह पढ्नु ।

वुजु गर्दा धुनु पर्ने प्रत्येक अंगको सीमा तोकिएको छ । अनुहारको सीमा : निधारको कपालदेखि चिउँडोसम्म लम्बाइमा र एक कानदेखि अर्को कानसम्म चौडाइमा फैलिएको छ । हातको सीमा : औंलाको टुप्पोदेखि कुहिनो सम्म हो । कुहिनोले हात र पाखुराबीचको जोडलाई जनाउँछ । टाउकोको सीमा : निधारदेखि पछाडि घाँटीको माथिल्लो भागसम्म हो । दुवै कानको मसह भनेको टाउकोमा नै समावेश छन् । खुट्टाको सीमा : पूरै खुट्टा हो, खुट्टा र पिंडली बीचको जोड सहित ।

التصنيفات

वोजूको तरिका