إعدادات العرض
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
यह्या बिन उमारा अल-माजिनी ले बयान गरेका छन् : मैले अम्र बिन अबू हसनले अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) लाई नबीको वुजूको बारेमा सोधिरहेको देखें । त्यसैले उनले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोलाई एक पटक मसह गरे (घसे) । टाउको मसह गर्दा पहिले दुवै हात अगाडिबाट पछाडि लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili සිංහල Tiếng Việt Svenska ગુજરાતી አማርኛ Yorùbá پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം Lietuvių Српски ไทย Українська Kinyarwanda Shqip ಕನ್ನಡ Wolof Moore ქართული Magyarالشرح
अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका व्यावहारिक रूपमा प्रस्तुत गरे । त्यसैले उनले पानीको एउटा सानो भाँडो ल्याउन भने । उनले पहिले आफ्नो दुवै हत्केला धोएर सुरु गरे । त्यसपछि उनले भाँडो झुकाएर पानी खन्याए र भाँडो बाहिर दुवै हात तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र तीन पटक पानी लिएर मुख कुल्ला गरे र नाकमा पानी तानेर राम्रोसँग सफा गरे । त्यसपछि उनले भाँडोबाट पानी लिएर आफ्नो अनुहार तीन पटक धोए । त्यसपछि उनले भाँडोबाट पानी लिएर दुवै हात कुहिनो समेत दुई पटक धोए । त्यसपछि उनले आफ्नो दुवै हात पानीमा भिजाए अनि दुवै हातले आफ्नो टाउको मसह गरे । टाउको मसह गर्दा पहिले आफ्नो निधारबाट शुरू गरे र टाउकोको पछाडि गर्धनको माथिल्लो भागसम्म लगे र त्यसपछि पछाडिबाट घस्दै सुरु गरेको ठाउँसम्म ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।فوائد الحديث
ज्ञानलाई बुझ्ने र सुदृढ गर्ने सबैभन्दा उत्कृष्ट माध्यम शिक्षकको व्यवहार हो र यसमा व्यवहारिक रुपमा गरेर सिकाउने कुरा समावेश छ ।
वुजू गर्दा कुनै भागलाई तीन पटक र अन्यलाई दुई पटक धुनु जायज हो र एक पटक धुनु अनिवार्य हो ।
यो हदीसमा उल्लेखित तरिका अनुसार क्रमशः एकपछि अर्को अङ्गलाई धुनु अनिवार्य हो ।
अनुहारको सीमा : लम्बाइमा निधारमा कपालको रेखादेखि दाह्री र चिउँडोसम्म र चौडाइमा एक कानदेखि अर्को कानसम्म हो ।
التصنيفات
वोजूको तरिका