अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) जकातुल् फित्र प्रत्येक व्यक्तिको तर्फबाट…

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) जकातुल् फित्र प्रत्येक व्यक्तिको तर्फबाट निकाल्थौं—साना वा ठूला, स्वतन्त्र वा दास। एक साअ् खाद्य पदार्थ, जस्तैः एक साअ् चीज, वा एक साअ् जौ, वा एक साअ् खजूर, वा एक साअ् किसमिस होस्।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) जकातुल् फित्र प्रत्येक व्यक्तिको तर्फबाट निकाल्थौं—साना वा ठूला, स्वतन्त्र वा दास। एक साअ् खाद्य पदार्थ, जस्तैः एक साअ् चीज, वा एक साअ् जौ, वा एक साअ् खजूर, वा एक साअ् किसमिस होस्। यो तबसम्म जारी रह्यो जबसम्म मुआविया इब्न अबू सुफियान (रजियल्लाहु अन्हु) हज वा उमरा गर्ने मनसायले हामीकहाँ आए र मिम्बरमा बसेर मानिसहरूलाई उपदेश दिए । उनले यो पनि भने: मलाई लाग्छ कि दुई मुद शामी गहुँ एक साअ्' खजूर बराबर हुन्छ। त्यसैले मानिसहरूले यसलाई पछ्याउन थाले। तर अबू सईद (रजियल्लाहु अन्हु) ले भने: मेरो हकमा, जबसम्म म बाँच्छु, म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा जति मात्रामा जकात-उल-फित्र दिने गर्थें, त्यति नै मात्रामा जकात-उल-फित्र दिनेछु।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँपछि उहाँका धर्मी खलीफाहरूको समयमा, मुस्लिमहरूले साना र ठूला प्रत्येक व्यक्तिको तर्फ बाट एक साअ खाद्य पदार्थ जकात-ए-फित्रको रूपमा दिने गर्थे। त्यसबेला उनीहरूको खानामा जौ, किसमिस, चीज र खजूर थिए। यहाँ यो कुरा याद राख्नु पर्छ, एक साअ बराबर चार मुद हुन्छ र एक मुद बराबर एक अवसत शरीर भएको व्यक्तिको एक अँजुली हुन्छ। तर जब मुआविया (रजियल्लाहु अन्हु) खलीफाको हैसियतले मदीना आए र शामको गहुँ प्रशस्त भयो, उनले एक उपदेश दिए र भने: मलाई लाग्छ शामको दुई मुद (आधा साअ) गहुँ एक साअ खजूर बराबर हुन्छ। त्यसैले मानिसहरूले उनको सल्लाह अनुसार काम गर्न थाले। तर अबू सईद खुदरी (रजियल्लाहु अन्हु) ले भन्नुभयो: म जीवनभर त्यसरी नै निकाल्नेछु जसरी म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा निकाल्थें।

فوائد الحديث

यो हदीसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा दिइने सदका अल-फित्रको मात्रालाई व्याख्या गर्दछ। वास्तवमा, उनको समयमा, प्रत्येक खाद्य वस्तुको लागि उही मात्रा दिइन्थ्यो, चाहे त्यो वस्तु वा त्यसको मूल्य जेसुकै होस्।

कुनै पनि खाद्य वस्तु फित्राको रूपमा दिन सकिन्छ। तर चार प्रकारका खाद्य पदार्थहरूलाई विशेष रूपमा उल्लेख गरिएको छ, किनभने यी वस्तुहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा खानाको रूपमा प्रयोग गरिन्थ्यो।

फित्रामा खाद्य पदार्थको सट्टा पैसा वा नगद दिनु पर्याप्त हुँदैन।

नववीले मुस्लिमको व्यख्यामा भनेका छन्: जब सहाबा (रसूलका साथी) हरू बीच मतभेद हुन्छ, तिनीहरूमध्ये एकको राय अर्कोको भन्दा श्रेष्ठ मान्नु हुँदैन । यस्तो अवस्थामा, हामीले अन्य प्रमाणहरू खोज्नु पर्छ। हामीले देख्यौं कि हदीसहरूको स्पष्टता र कियास (तर्कसंगत तुलना) दुवै गहुँमा पनि अन्य खाद्य पदार्थ जस्तै एक साअ अनिवार्य ठहरिन्छ भन्नेमा सहमत छन्। त्यसैले यसलाई नै अपनाउनु आवश्यक हुन्छ।

इब्न-ए-हजर भन्छन्: अबू सईद अल-खुदरी (रजियल्लाहु अन्हु) को यो हदीसले उनी सुन्नतको पालना गर्ने, हदीसहरूलाई दृढतापूर्वक समात्ने र 'नस' (प्रमाण) हुँदाहुँदै इज्तिहादबाट बच्ने कुरामा कति दृढ थिए भनेर देखाउँछ। तर मुआविया (रजियल्लाहु अन्हु) को कार्य र मानिसहरूको सहमति भनेको इज्तिहाद जायज हो भन्ने कुराको प्रमाण हो। जुन प्रशंसनीय हो। तर 'नस' अर्थात कुरआन र हदीसबाट स्पष्ट (प्रमाण) हुँदाहुँदै यसको कुनै वैधता छैन।

التصنيفات

जकातुल-फित्र