إعدادات العرض
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का एक साथी अगर्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
الترجمة
العربية বাংলা Bosanski English Español Indonesia Türkçe اردو 中文 हिन्दी Français Kurdî Português සිංහල Русский Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Hausa Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Svenska Македонски ไทย తెలుగు Українська मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Tagalog ភាសាខ្មែរ پښتو Wolof Shqipالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई धेरै भन्दा धेरै पश्चात्ताप गर्न र क्षमा माग्न आदेश दिइरहनुभएको छ । साथै उहाँ आफ्नो बारेमा बताइरहनुभएको छ, उहाँ दिनमा सय पटक भन्दा बढी पश्चात्ताप गर्नुहुन्छ र अल्लाहसामु क्षमा माग्नुहुन्छ। जबकि उहाँका विगत र भविष्यका पापहरू क्षमा गरिएको छ। यसमा अल्लाहप्रति पूर्ण नम्रता र सम्पूर्ण उपासनाको अभिव्यक्ति छ।”فوائد الحديث
हरेक मानिस, उसको इमानको स्तर वा स्थान जस्तोसुकै भए पनि, अल्लाहतिर फर्कनु र पश्चात्ताप मार्फत आफूलाई पूर्ण गर्नु आवश्यक छ। किनकि कुनै पनि मानिस अल्लाहको हक पूरा गर्नमा कमी वा त्रुटिबाट मुक्त हुँदैन। अल्लाहले भन्नुभएको छ: "हे आस्थावानहरू! तिमीहरू सबै अल्लाहतिर पश्चात्ताप गर।"
पश्चात्ताप भनेको निषेधित कार्य र पाप वा अनिवार्य इबादतहरूमा कमी वा लापरबाही गरेकोमा गर्ने हो।
पश्चात्ताप स्वीकार गर्नको लागि इख्लास (निष्ठा) पहिलो शर्त हो। त्यसैले, अल्लाह बाहेक अरूको लागि पाप त्याग्ने जो कोहीलाई पनि साँचो तौबा गर्ने (पश्चात्तापी) भनिने छैन।
नववी भन्छन्: पश्चात्ताप स्वीकार हुनको लागि तीन सर्तहरू छन्: १- पाप तुरुन्तै छोड्नु। २- त्यसलाई गरेकोमा गहिरो पश्चात्ताप गर्नु। ३- फेरि कहिल्यै त्यस्तो पाप नगर्ने दृढ संकल्प गर्नु। तर यदि पाप अरू मानिससँग सम्बन्धित छ भने चौथो शर्त पनि हुन्छ—पश्चात्ताप मान्य हुनको लागि,क्षति पीडितलाई फर्काउनु, वा उसँग क्षमा पाउनु आवश्यक छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क्षमा माग्नुको अर्थ यो होइन कि उहाँले पाप गरेको कारणले क्षमा माग्नुभएको थियो, बरु उहाँले दासत्वको पूर्णता प्राप्त गर्नुभएको थियो, अल्लाहको स्मरणमा मग्न हुनुहुन्थ्यो, अल्लाहको महान अधिकारको बारेमा सचेत हुनुहुन्थ्यो र मानिसले जति इबादत गरे पनि अल्लाहको अनुग्रहको पूर्ण धन्यवाद गर्न नसक्ने कमजोरीलाई स्वीकार गर्ने अभिव्यक्ति हो। उनको उद्देश्य यो अभ्यासलाई उनीपछि आफ्नो उम्मतलाई मार्गदर्शन गर्नु थियो। यस बाहेक अरु कारणहरू पनि छन्।
