सजदामा हुँदा सेवक आफ्नो प्रभुदेखि सबैभन्दा नजिक हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नुहोस् ।

सजदामा हुँदा सेवक आफ्नो प्रभुदेखि सबैभन्दा नजिक हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नुहोस् ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सजदामा हुँदा सेवक आफ्नो प्रभुदेखि सबैभन्दा नजिक हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नुहोस् ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सेवक जब सजदामा हुन्छ, तब ऊ आफ्नो प्रभुको सबैभन्दा नजिक हुन्छ, किनभने सेवकले आफ्नो शरीरको सबैभन्दा उच्च र सम्मानजनक भागलाई भुइँमा राख्छ र अल्लाहको अगाडि नम्रता व्यक्त गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दाको अवस्थामा सकेसम्म धेरै भन्दा धेरै प्रार्थना गर्न आदेश दिनुभएको छ, ताकि व्यक्तिले अल्लाहसामु शब्द र कार्य दुवै मार्फत आफ्नो नम्रता व्यक्त गरोस् ।

فوائد الحديث

असल कर्मले सेवकको अल्लाहसँग निकटता बढाउँछ ।

सजदाको अवस्थामा अत्यधिक दुआ गर्नु मुस्तहब हो । किनकि यो दुआ (प्रार्थना) स्वीकृत हुने ठाउँहरू मध्ये एक हो ।

التصنيفات

दुआ स्वीकृत हुने र नहुने कारणहरू