जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र…

जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।

अबू उमामा इयास बिन सालबा हारिसी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको नाममा जानीजानी झूटो कसम खाएर कुनै मुस्लिमको वैध अधिकार हडप्ने र खोस्ने प्रति कडा चेतावनी दिनुभएको छ। उहाँले स्पष्ट पार्नुभएको छ कि यस्तो दुष्कर्मले मानिसलाई नर्कको भागीदार बनाउँदछ र उसलाई स्वर्ग प्राप्तिबाट वञ्चित गरिदिँन्छ; र वास्तवमा, यो अत्यन्तै घोर महापाप (कबिरा ) हो। एक व्यक्तिले सोध्यो: ‘हे अल्लाहका रसूल, यदि कसम खाएर लिइएको वस्तु सानो मात्र भए पनि के सजाय उस्तै हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"हो, चाहे त्यो पिलुको रुखबाट निकालिएको मिसवाक (दतिवन) नै किन नहोस्।"

فوائد الحديث

अरूको अधिकार हनन गर्नबाट सावधान रहनुहोस्; चाहे त्यो अधिकार जतिसुकै सानो किन नहोस्, त्यसलाई उसको वास्तविक मालिकलाई फिर्ता गर्न सदैव ध्यान दिनुहोस्। याद रहोस्, न्यायाधीशको गलत फैसलाले कुनै पनि मानिसका लागि उसको हक नलाग्ने वस्तुलाई वैध बनाउँदैन।

इमाम नववी भन्नुहुन्छ: "मुस्लिमहरूको अधिकार र हक हनन गर्नु कडा रूपमा निषेधित छ, र यसमा अधिकार थोरै होस् वा धेरै, कुनै फरक पर्दैन; किनभने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: 'चाहे त्यो पिलुको एउटा सानो दाँत माझ्ने सिन्का (मिसवाक) नै किन नहोस्'।"

इमाम नववीले भन्नुहुन्छ: "यो सजाय त्यस्तो व्यक्तिका निम्ति हो, जसले कुनै मुस्लिमको हक र अधिकार हडप गर्यो र पश्चात्ताप गर्नुपूर्व नै उसको मृत्यु भयो। यसको विपरीत, जसले आफ्नो कर्मप्रति लज्जित भई पश्चात्ताप गर्दछ, वास्तविक हकदारलाई उसको अधिकार फिर्ता गर्दछ, उससँग क्षमा याचना गर्दछ र भविष्यमा कदापि त्यस्तो दुष्कर्म नदोहोर्‍याउने दृढ सङ्कल्प गर्दछ, त्यस्तो व्यक्ति भने पापबाट मुक्त हुन्छ।"

काजीले भन्नुहुन्छ: "हदीसमा 'मुस्लिम' भनेर तोकिनुको कारण उनीहरूलाई प्रत्यक्ष सम्बोधन गरिएको हुनु र इस्लामी नियमका मुख्य पात्र उनीहरू नै भएकाले हो। यसको अर्थ गैर-मुसलमानहरूका लागि फरक नियम छ भन्ने होइन; बरु यस विषयमा उनीहरूका लागि पनि त्यही नियम लागू हुन्छ।”

इमाम नववीले भन्नुभएको छ: "झुट भन्नु भनेको कुनै पनि कुरालाई वास्तविकता भन्दा फरक रूपमा प्रस्तुत गर्नु हो, चाहे त्यो जानीजानी होस् वा गल्तीवश, र चाहे त्यो विगतको कुरा होस् वा भविष्यको।"

التصنيفات

हडप गर्न