اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ زَوَالِ نِعْمَتِكَ، وَتَحَوُّلِ عَافِيَتِكَ، وَفُجَاءَةِ نِقْمَتِكَ، وَجَمِيعِ سَخَطِكَ» अनुवाद : "हे अल्लाह ! म…

اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ زَوَالِ نِعْمَتِكَ، وَتَحَوُّلِ عَافِيَتِكَ، وَفُجَاءَةِ نِقْمَتِكَ، وَجَمِيعِ سَخَطِكَ» अनुवाद : "हे अल्लाह ! म तपाईँका वरदानहरूको समाप्तिबाट, तपाईँले प्रदान गर्नु भएको संरक्षण, तपाईँको अचानक पकड र तपाईँको हरेक प्रकारको क्रोधबाट तपाईँको शरण माग्दछु ।

«اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ زَوَالِ نِعْمَتِكَ، وَتَحَوُّلِ عَافِيَتِكَ، وَفُجَاءَةِ نِقْمَتِكَ، وَجَمِيعِ سَخَطِكَ» अनुवाद : "हे अल्लाह ! म तपाईँका वरदानहरूको समाप्तिबाट, तपाईँले प्रदान गर्नु भएको संरक्षण, तपाईँको अचानक पकड र तपाईँको हरेक प्रकारको क्रोधबाट तपाईँको शरण माग्दछु ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी(सल्लल्लाहु अलैहि व सल्लम)ले चार वटा कुराहरूबाट शरण माग्नु भएको छ । पहिलो : (اللهم إني أعوذ بك من زوال نعمتك) हे अल्लाह ! म तपाईँका संसारिक वा परलोकिक वरदानहरू नाश हुनबाट तपाईँको शरण माग्दछु । र म इस्लाम धर्ममा अडिग रहूँ र हरेक प्रकारका वरदानहरू गुमाउने कुकर्महरूमा पर्न टाढा रहन सकूँ । दोस्रो : (وتَحَوُّل عافيتك) यो कुराबाट पनि कि तपाईँको तर्फबाट मिलेका संरक्षण कष्टमा परिवर्तन न होस् ; सो म तपाईंसित निरन्तर सुस्वास्थ्य एवं कष्ट र रोगहरूबाट रक्षाको लागि अनुरोध गर्दछु । तेस्रो :(وفجأة نقمتك) यो कुराबाट पनि कि कतै तपाईँको अचानक पकड न आ‌ओस् । किन भने मान्छेलाई अचानक पकड आयो वा सजाय दिइयो भने प्रायश्चित गर्ने र आफूलाई सुधार्ने मौका मिल्दैन । झन् समस्या ठुलो र मामिला कडा हुन जान्छ । चौथो: (र तपाईंको सम्पूर्ण क्रोध) र ती कारणहरू जसले तपाईंको क्रोध ल्याउँछ; किनभने जसप्रति तपाईं क्रोधित हुनुहुन्छ, ऊ निश्चय नै विफल र हानीग्रस्त हुन्छ। अल्लाहका नबी(सल्लल्लाहु अलैहि व सल्लम)ले "जमीअ"को शब्द प्रयोग गर्नु भयो । यसर्थ कि उहाँको क्रोध हुने वाला सबै प्रकारका बोल र कर्म एवं निष्ठाहरू सम्मिलित होऊन् ।

فوائد الحديث

नबी (सल्लल्लाहु अलैहि व सल्लम) पनि अल्लाह तआलामा निर्भर हुनुहुन्थ्यो ।

यो इस्तआजा मुबारका ( पवित्र शरण माग )मा अल्लाहका वरदानहरूमा आभार र अवज्ञाबाट बच्नु पर्छ भन्ने कुरा समावेश रहेको छ । किन कि पाप गरेमा वरदानहरू खोसिन्छन् ।

अल्लाह तआलाको क्रोध हुने ठाउँहरूबाट टाढा रहनुको कोसिस गर्नु ।

अल्लाह तआलाको अचानक क्रोधबाट उहाँ (सल्लल्लाहु अलैहि व सल्लम)को शरण चाहनु । किन भने यदि उहाँले भक्तसँग बदला लिनु भयो भने, उस माथि यस्तो विपत्ति आइ पर्छ कि उसले हटाउन सक्दैन, र सारा सृष्टिहरू सबै एकसाथ जम्मा भए ता पनि त्यसलाई हटाउन सक्दैनन् ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको प्रदान गरिएको सुरक्षाको परिवर्तनबाट शरण माग्नुभयो, किनभने यदि अल्लाहले उहाँलाई आफ्नो सुरक्षामा विशेष गरे, भने उहाँले दुनियाँ र परलोक दुबैको कल्याण प्राप्त गर्नुभयो। तर यदि त्यो सुरक्षा हटाइयो भने, उहाँले दुनियाँ र परलोक दुबैको दुर्भाग्य भोग्नुहुनेछ, किनभने सुरक्षा नै धर्म र दुनियाँको सुधारको कारण हो।

التصنيفات

प्रमाणित दुआहरू