إعدادات العرض
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"
[हसन] [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල தமிழ் دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Oromoo Wolof Soomaali Български Українська Azərbaycan ქართული тоҷикӣ Македонски bm Ελληνικά km አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) भन्दा राम्रो कुनै उपासना छैन भनेर भन्नुभयो । किनकि यसमा एकातिर अल्लाहको निरपेक्षता र सम्पन्नता छ भने अर्कोतिर दासको उहाँमाथिको निर्भरता र अभावको स्वीकृति छ ।فوائد الحديث
दुआ (प्रार्थना) को महत्व र अल्लाहलाई प्रार्थना गर्नेले वास्तवमा अल्लाहको सम्मान गर्दछ र उहाँ सबैभन्दा धनी हुनुहुन्छ भनेर स्वीकार गर्दछ, किनकि गरिबबाट केही माग्न सकिँदैन । उहाँ सुन्नुहुन्छ, किनभने बहिराहरूलाई पुकारिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कंजूससित केही मागिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कठोर हृदयलाई प्रार्थना गरिदैन । उहाँ नजिक हुनुहुन्छ, किनकि टाढाकोले सुन्न सक्दैन । अल्लाहका यी र यस्तै अन्य गुणहरू यस हदीसबाट प्रमाणित हुन्छन् ।
التصنيفات
दुआका सद्गुणहरू