إعدادات العرض
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब…
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो।
इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले भने : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो। उनी रमजानको हरेक रातमा उहाँलाई भेट्थे र उहाँलाई कुर्आन पढाउथे । अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को उदारता पठाइएका वायुहरूभन्दा पनि छिटो र विस्तृत थियो।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português සිංහල Русский অসমীয়া Kiswahili Tiếng Việt አማርኛ ગુજરાતી Nederlands پښتو دری Hausa ไทย മലയാളം Кыргызча Română Malagasy Svenska Српски తెలుగు ქართული Mooreالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) सबै भन्दा धेरै परोपकारी हुनुहुन्थ्यो । विशेषगरी रमजानको महिनामा उहाँ धेरै उदार हुनुहुन्थ्यो । उहाँ दिल खोलेर दान गर्नुहुन्थ्यो र यसका दुईवटा कारणहरू थिए : पहिलो: जिब्रिल (अलैहिस्सलाम) सँग भेट्नु । दोस्रो : कुर्आन सुनाउनु, हृदयले पढ्नु । उहाँ जिब्रिल (अलैहिस्सलाम) सँग कुर्आन अध्ययन (मुदारसह) गर्नुहुन्थ्यो । वास्तवमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । सृष्टिलाई लाभ पुर्याउने कुरामा उहाँ दयाको साथ पठाइएको वर्षा र राम्रो बतास भन्दा बढी उदार हुनुहुन्थ्यो ।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उदारताको वर्णन, विशेषगरी रमजानको महिनामा, किनकि यो आज्ञाकारिता र सत्कर्म गर्ने मौसम हो ।
हरेक मौसममा परोपकारी हुनुको प्रोत्साहन तर रमजानको महिनामा अझै धेरै उदार गर्नु मुस्तहब हो ।
रमजानको महिनामा अझै धेरै खर्च गर्नु, दान दिनु, परोपकार गर्नु र कुर्आन पढ्नु ।
ज्ञान जोगाउने एउटा कारण भनेको विधार्थी र विद्वानसँग अध्ययन गर्नु हो ।