जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वोजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी सलाह पढ्छ…

जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वोजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी सलाह पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन र यो सधैं हुनेछ ।

उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वोजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी सलाह पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन र यो सधैं हुनेछ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वोजू गर्छ र नम्रताका साथ सलाह पढ्छ । अर्थात आफ्नो हृदय र शरीरका अंगहरू अल्लाहमा समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छन् भने यो नमाज उसको अघिल्लो साना पापहरूका लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन । अल्लाहको यो कृपा समयको कुनै अवधिमा सीमित छैन, तर हरेक समय र प्रत्येक सलाहमा हुन्छ ।

فوائد الحديث

पापको प्रायश्चित केवल त्यो सलाहले हुन्छ, जसको लागि व्यक्तिले राम्रोसँग वोजू गर्छ र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि पूर्ण नम्रताका साथ सलाह पढ्छ ।

التصنيفات

सलाहको सद्गुण