जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक…

जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहिवसल्लम) ले भन्नुभएको छ: "जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।"

[सही] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जब कोही मुस्लिम आफ्नो कुनै बिरामी मुस्लिम भाइको स्वास्थ्य सोधपुछ गर्न जान्छ—जसको मृत्युको समय नजिक आएको हुँदैन—र बिरामीको नजिक बसी सात पटक यो प्रार्थना गर्दछ: “असअलुल्लाहल्-अजीम, रब्बल्-अर्शिल्-अजीम, अन् यशफियक” (अर्थात्: म सर्वमहान् अल्लाह—जो आफ्ना पवित्र नाम, गुण र कार्यहरूमा महान् हुनुहुन्छ—विशाल अर्श (सिंहासन) का मालिकसँग प्रार्थना गर्दछु कि उहाँले तिमीलाई पूर्ण स्वास्थ्य प्रदान गरून्।) यदि कोही व्यक्तिले यो दुआ सात पटक दोहोर्‍याएर प्रार्थना गर्दछ भने, अल्लाहले निश्चय नै उसलाई त्यस रोगबाट मुक्ति र आरोग्यता प्रदान गर्नुहुनेछ।

فوائد الحديث

बिरामीलाई भेट्ने क्रममा यो दुआ सात पटक पढ्नु मुस्तहब हो।

यदि यो प्रार्थना साँचो विश्वास र धार्मिक निष्ठाका साथ बिरामीको स्वास्थ्य लाभका लागि गरियो भने उसले अवश्य नै रोगबाट मुक्ति पाउनेछ।

यो दुआ सानो वा ठूलो स्वरमा गर्न सकिन्छ। तथापि, यदि बिरामीले सुन्ने गरी पढियो भने, त्यो बढी उत्तम र प्राथमिक हुन्छ; किनकि यसले उसको हृदयलाई आनन्द, आशा र सान्त्वना प्रदान गर्दछ।

التصنيفات

शरिया रोकिया