إعدادات العرض
यदि कुनै व्यक्तिले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र यो प्रार्थना सात पटक पढ्छ: "म महान सिंहासनका…
यदि कुनै व्यक्तिले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र यो प्रार्थना सात पटक पढ्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," अल्लाहले उसको रोग निको पार्नुहुनेछ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र यो प्रार्थना सात पटक पढ्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," अल्लाहले उसको रोग निको पार्नुहुनेछ।"
[सही] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල Hausa Kurdî Português Kiswahili অসমীয়া Tiếng Việt ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული Moore ไทย Македонски తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Українська ភាសាខ្មែរ ಕನ್ನಡ پښتو Svenska Wolofالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यदि कुनै मुस्लिमले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र त्यसपछि आगन्तुकले बिरामीको लागि यसो भन्दै प्रार्थना गर्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," र उसले सात पटक दोहोर्याउछ भने अल्लाहले उसको रोग निको पार्नुहुन्छ।فوائد الحديث
बिरामीलाई भेट्ने क्रममा यो दुआ सात पटक पढ्न मुस्तहब हो।
यदि यो प्रार्थना इमानदारी र धार्मिकताका साथ बिरामीको लागि गरियो भने उसलाई निको हुनेछ।
यो प्रार्थना सानो र ठूलो स्वरमा भन्न सकिन्छ। यद्यपि, बिरामीलाई ठूलो स्वरमा भन्नु राम्रो हुन्छ, किनकि यसले उसलाई अपार आनन्द दिन्छ।
التصنيفات
शरिया रोकिया