मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम…

मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरू भित्र पाइने दुई कुराहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ, जुन वास्तवमा काफिरको तरिका र इस्लाम पूर्वको नैतिकता हुन्। यी हुन्: १. मानिसहरूको वंशको निन्दा गर्नु, उनीहरूको कमजोरी औंल्याउनु र उनीहरूमाथि घमण्ड गर्नु। २. विपत्तिमा अल्लाहको निर्णयसँग रिसाउनु, ठूलो स्वरले रुनु र विचलित भएर लुगा च्यात्नु।

فوائد الحديث

नम्र हुन र घमण्डबाट बच्न प्रोत्साहन।

समस्याको समयमा धैर्यवान हुनुपर्छ र रिस व्यक्त गर्नु हुँदैन।

यी कार्यहरू साना कुफ्र हुन् । यदि कसैमा सानो कुफ्र (अविश्वास) को कुनै विशेषता भेटियो भने, ऊ काफिर होइन र इस्लामबाट खारेज हुँदैन; यो केवल ठूलो कुफ्र (अविश्वास) को आधारमा हुन्छ।

इस्लामले वंशको निन्दा गर्ने र मुस्लिमहरूमाझ विभाजन ल्याउने सबै प्रकारका कार्यहरूलाई निषेध गरेको छ।

التصنيفات

कुफ्र (अविश्वास)