जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वुजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफि माग्छ, तब अल्लाहले…

जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वुजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफि माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ।

अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : म यस्तो व्यक्ति थिएँ कि मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुन्दा अल्लाहले मलाई त्यसबाट चाहेजति लाभ दिनुहुन्थ्यो । जब कुनै सहाबीले मलाई हदीस सुनाउँथे, म उसलाई कसम खान आग्रह गर्थे र जब उसले कसम खान्थ्यो तब म उसको भनाइलाई पुष्टि गर्थे । मलाई अबू बकर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् र अबु बकरले सत्य बोले, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको छु: "जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वुजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफि माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "जब तिनीहरूले ठूलो पाप गर्छन् वा आफैंमाथि अन्याय गर्छन्, तिनीहरूले अल्लाहलाई याद गर्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]

[सही] [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि राम्रोसँग वुजू गर्छ र त्यसपछि उभिएर आफ्नो पापको पश्चात्ताप गर्ने मनसायले दुई रकात नमाज पढ्छ र अल्लाहसँग क्षमायाचना गर्छ भने अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ । तब अल्लाहको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो: {र, उनीहरूले कुनै अश्लील कार्य गरेमा वा आफैंमाथि अन्याय गरेमा अल्लाहलाई स्मरण गरेर आफ्ना पापहरूका लागि क्षमायाचना गर्छन् । र, अल्लाहबाहेक कसले पापलाई क्षमा गर्न सक्छ र ? र, उनीहरू जानीजानी आफ्नो कुकर्ममा हठ गर्दैनन् ।} [आलि-इम्रान: १३५]

فوائد الحديث

पाप गरेपछि नमाज पढ्ने र अल्लाहसँग क्षमा माग्ने प्रेरणा ।

अल्लाह धेरै क्षमाशील हुनुहुन्छ र आफ्नो दासको पश्चात्ताप र क्षमा स्वीकार गर्नुहुन्छ ।

التصنيفات

तौबा (प्रायश्चित)