إعدادات العرض
उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।
उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । आरामै हुनुहुन्छ भनेर सोध्दा उनले आफू बर्बाद भएको जवाफ दिए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को थियो, त्यसैले उनका सबै राम्रो कर्महरू नष्ट भए र नर्कमा हुनेछु भनेर दुख पोखे । त्यो सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनले त यस्ता कुरा गरेको बताए । त्यसपछि उनी अर्को पटक शुभ समाचार लिएर उनीकहाँ गए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili پښتو অসমীয়া دری Fulfulde Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Oromoo Română Shqip Soomaali Српски Wolof Українська Moore Tagalog தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bmالشرح
एक पटक रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । तपाईंलाई के भएको छ ? उनले आफूले भोगिरहेको पीडाको बारेमा बताए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को हुन्थ्यो र अल्लाहले यस्ता मान्छेको कर्म नष्ट हुनेछ र ऊ नरकमा जान्छ भनेर चेतावनी दिनुभएको छ । त्यो व्यक्ति त्यहाँबाट फर्के र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसको बारेमा जानकारी दिए । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी नर्कमा जाने व्यक्ति होइनन् तर स्वर्गको हकदार हुनुहुन्छ भनेर शुभ समाचार सुनाउन उनलाई फेरी साबित् को घर पठाउनु भयो । किनभने उनको स्वर स्वाभाविक रूपमा चर्को थियो र उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र अन्सारको खतीब (वक्ता) थिए ।فوائد الحديث
साबित् बिन कैसको सद्गुण र उनी स्वर्गका हकदार हुन् भन्ने कुराको प्रमाण ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूको हेरचाह र जानकारी लिनुहुन्थ्यो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू आफ्ना कर्महरू नष्ट हुनबाट धेरै डराउने गर्थे ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनकालमा उहाँसँग कुरा गर्दा विनम्र हुनु अनिवार्य थियो र उहाँको देहावसान पछि उहाँको हदीस सुन्दा आवाज न्यून राख्नुपर्छ ।