إعدادات العرض
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम…
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
الترجمة
العربية অসমীয়া Indonesia Kiswahili Tagalog Tiếng Việt ગુજરાતી Nederlands සිංහල پښتو Hausa മലയാളം Кыргызча English Svenska Română Kurdî Bosanski فارسی తెలుగు ქართული Moore Српски Magyar Português Македонски Čeština Русский Українська हिन्दी Azərbaycan Malagasy Kinyarwanda Wolof ไทย मराठी ਪੰਜਾਬੀ دری Türkçe አማርኛ বাংলা ភាសាខ្មែរ Lietuvių اردو ಕನ್ನಡ Oromoo Deutsch Shqipالشرح
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) की आमाको निधन भयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, आमाको लागि सदका गर्नुछ, सबैभन्दा राम्रो सदका के होला ? उहाँले भन्नुभयो: सबैभन्दा राम्रो सदका (दान) पानी हो, त्यसैले उनले एउटा इनार खने र आफ्नी आमाको लागि दानको रूपमा दिए ।فوائد الحديث
पानी पिलाउनु सदकाका प्रकारहरूमध्ये सर्वोत्कृष्ट दान हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सअदलाई पानी दान (जलदान) गर्न मार्गदर्शन गर्नुभयो, किनकि यसले धार्मिक र सांसारिक दुवै मामिलामा सबैभन्दा व्यापक लाभ पुर्याउँछ। साथै, अत्यधिक गर्मी, तीव्र आवश्यकता र पानीको अभावजस्ता कारणहरूले गर्दा यसको महत्त्व र उपादेयता अझ बढी हुन्छ।
यसबाट सदकाको पुण्य मृतकहरूसम्म पुग्ने कुरा प्रमाणित हुन्छ।
यसबाट सअद बिन उबादा (रजियल्लाहु अन्हु) ले आफ्नी आमाप्रति निर्वाह गर्नुभएको कर्तव्य र सदाचार स्पष्ट हुन्छ।
