हामी उमर (रजियल्लाहु अन्हु) सँग उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) गर्न निषेध…

हामी उमर (रजियल्लाहु अन्हु) सँग उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) गर्न निषेध गरिएको छ ।

अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्: हामी उमर (रजियल्लाहु अन्हु) सँग उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) गर्न निषेध गरिएको छ ।"

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

उमर (रजियल्लाहु अन्हु) ले बताउनुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनावश्यक काम गर्न वा कठिनाइ भएको कुनै पनि कुरा भन्न निषेध गर्नुभएको छ ।

فوائد الحديث

यस हदीसमा निषेध गरिएको तकल्लुफ (कठिनाइ) हरू भनेको धेरै प्रश्नहरू सोध्नु, थाहा नभएको कुरा गर्नु र अल्लाहले सहजता प्रदान गर्नुभएको कुरामा कडा हुनु समावेश छ ।

मुस्लिमले सहिष्णुतामा उदार हुनुपर्छ अनि खाने, पिउने, बोल्ने र अन्य चीजहरूमा अनावश्यक झमेलाबाट बच्नुपर्छ ।

इस्लाम एक सरल धर्म हो ।

التصنيفات

नराम्रो आचरण