“जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ)…

“जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) छोड्ने छैन, जहाँ यो धर्मको प्रवेश हुनेछैन

तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : “जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) छोड्ने छैन, जहाँ यो धर्मको प्रवेश हुनेछैन । चाहे सम्मानका साथ होस् वा अपमानका साथ; अल्लाहले इस्लामको माध्यमबाट सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रको आधारमा अपमानित गर्नुहुनेछ ।” तमीम अल-दारी भन्ने गर्थे: नबीको यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु । तिनीहरूमध्ये जो मुस्लिम भए, उसले सम्मान, महिमा र इज्जत पाए र जो काफिर रह्यो उसले अपमान र जिजिया तिर्नुपर्थ्यो ।

[सही] [अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यो धर्म पृथ्वीको कुनाकाप्चा र सबै भागहरूमा फैलिनेछ । जुनसुकै ठाउँमा दिन र रात पुग्छ, त्यहाँ यो धर्म अवश्य पुग्नेछ । सहर, नगर, गाउँ वा मरुभूमिमा कुनै पनि कच्चा वा पक्का घर भए पनि अल्लाहले त्यहाँ इस्लाम धर्म अवश्य पुर्याउनु हुने छ । जसले यस धर्मलाई स्वीकार गर्छ र यसमा विश्वास गर्छ, इस्लामले उसलाई गौरवान्वित तुल्याउने छ । जसले यसलाई अस्वीकार गर्छ र कुफ्र गर्छ, ऊ कुफ्रको आधारमा अपमानित गरिनेछ । त्यसपछि तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले भने, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु । तिनीहरूमध्ये जो मुस्लिम भए उसले सम्मान, महिमा र इज्जत पाए र जो काफिर रह्यो उसले मुस्लिमहरूलाई तिरेको कर (जिजिया) बाहेक अपमान पनि पाए ।

فوائد الحديث

इस्लाम धर्म पृथ्वीको सबै भागहरूमा फैलिनेछ भनेर मुस्लिमहरूलाई खुशीको खबर ।

इज्जत र महिमा इस्लाम र मुस्लिमहरूको लागि हो र अपमान कुफ्र र काफिर (अविश्वासी) को लागि हो ।

यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो दूत हुनुहुन्छ भन्ने कुराको प्रमाण छ, किनभने उहाँले भनेको कुरा जस्ताको त्यस्तै भयो ।

التصنيفات

कयामतका निशानीहरू