إعدادات العرض
हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना…
हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" उहाँले जवाफ दिनुभयो: "अल्लाहसँग सुरक्षा र कल्याण (आफियत) को याचना गर्नुहोस्।" त्यसपछि म केही दिन पर्खिए र पुनः उपस्थित भई भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" तब उहाँले भन्नुभयो: "हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa മലയാളം Kurdî অসমীয়া Kiswahili Tiếng Việt ગુજરાતી Nederlands සිංහල پښتو Кыргызча Svenska Română తెలుగు ქართული Moore Српски Magyar Português Македонски Čeština Українська Azərbaycan Malagasy Kinyarwanda Wolof ไทย मराठी ਪੰਜਾਬੀ دری አማርኛ ភាសាខ្មែរ Lietuvių ಕನ್ನಡ Oromoo Deutsch Shqipالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का काका, अल-अब्बास बिन अब्दुल-मुत्तलिब (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भई अल्लाहसँग याचना गर्नका निम्ति कुनै विशेष दुआ सिकाइदिन आग्रह गर्नुभयो। जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई धर्म, दुनिया र आखिरतका सम्पूर्ण विपत्ति तथा दोषहरूबाट सुरक्षित रहन प्रार्थना गर्न सिकाउनुभयो। अब्बास (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: 'केही दिनको अन्तरालपछि म पुनः नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ र अल्लाहसँग माग्नका लागि अर्को कुनै दुआ सिकाइदिन अनुरोध गरेँ।' त्यसबेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई अत्यन्त मायाका साथ सम्बोधन गर्दै भन्नुभयो: “हे अब्बास! हे अल्लाहका रसूलका काका! संसार र आखिरतमा हुने हरेक हानिबाट बच्न र सम्पूर्ण लाभ र कल्याण प्राप्त गर्न अल्लाहसँग केवल ‘आफियत’ (पूर्ण सुरक्षा, आरोग्यता र हिफाजत) माग्नु।فوائد الحديث
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले दोस्रो पटक प्रश्न गर्दा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उही जवाफ दोहोर्याउनुले यो संकेत गर्छ कि सुख, शान्ति र समृद्धि नै सबैभन्दा उत्तम कुरा हो।
यसमा ‘आफियत’ (कल्याण र सुरक्षा) को श्रेष्ठता र यसभित्र दुनियाँ तथा आखिरत दुवैको सम्पूर्ण भलाइ रहेको कुराको स्पष्ट वर्णन गरिएको छ।
सहाबा (रजियल्लाहु अन्हुम) हरू ज्ञान र भलाइका कुराहरू जान्न उत्सुक हुन्थे ।
التصنيفات
प्रमाणित दुआहरू