إعدادات العرض
हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।
हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: हे अल्लाहको रसूल, मलाई केही यस्तो कुराहरू सिकाउनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ । उहाँले भन्नुभयो: "अल्लाहसँग शान्ति र कल्याण माग्नुहोस् ।" उनले भने: म केही दिन बसें र फिर्ता आए र भने: हे अल्लाहको रसूल, मलाई केही यस्तो कुरा सिकाउनुहोस् जुन म अल्लाहसँग माग्न सकूँ । उहाँले भन्नुभयो: "हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa മലയാളം Kurdî অসমীয়া Kiswahili Tiếng Việt ગુજરાતી Nederlands සිංහල پښتو Кыргызча Svenska Română తెలుగు ქართული Moore Српски Magyar Português Македонски Čeština Українська Azərbaycan Malagasy Kinyarwanda Wolofالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को काका; अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले उहाँलाई भने: हे अल्लाहको रसूल, मलाई केही यस्तो कुराहरू सिकाउनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ । उहाँले दीन, दुनियाँ र आखिरत (धर्म, लोक र परलोक) मा सुख, शान्ति, समृद्धि र हरेक किसिमको विपत्तिहरूबाट सुरक्षित रहने अल्लाहसँग दुआ गर्न सिकाउनुभयो । उनले भने: म केही दिन बसें र फिर्ता आए र भने: हे अल्लाहको रसूल, मलाई केही यस्तो कुरा सिकाउनुहोस् जुन म अल्लाहसँग माग्न सकूँ । उहाँले मायाले भन्नुभयो: हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग दीन, दुनियाँ र आखिरत (धर्म, लोक र परलोक) मा सुख, शान्ति, समृद्धि पाउने र हरेक किसिमको विपत्तिहरूबाट सुरक्षित रहने दुआ गर्न सिकाउनुभयो ।فوائد الحديث
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले दोस्रो पटक प्रश्न गर्दा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्बासलाई उही जवाफ दोहोर्याउनु
भनेको के संकेत गर्छ भने सुख, शान्ति र समृद्धि सबैभन्दा राम्रो चीज हो ।
कल्याणको सद्गुण र यसले संसार र परलोकमा राम्रो ल्याउँछ भन्ने कुराको वर्णन ।
सहाबा (रजियल्लाहु अन्हुम) हरू ज्ञान र भलाइका कुराहरू जान्न उत्सुक हुन्थे ।
التصنيفات
प्रमाणित दुआहरू