إعدادات العرض
जब मानिस आफ्नो घरमा प्रवेश गर्छ अनि प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई…
जब मानिस आफ्नो घरमा प्रवेश गर्छ अनि प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: यहाँ न त तिमीहरूका लागि रात बिताउने ठाउँ छ, न त खानाको व्यवस्था
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब मानिस आफ्नो घरमा प्रवेश गर्छ अनि प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: यहाँ न त तिमीहरूका लागि रात बिताउने ठाउँ छ, न त खानाको व्यवस्था । तर घर भित्र पस्दा अल्लाहको नाम लिदैन, शैतान भन्छ: तिमीले रात बिताउने ठाउँ भेट्टायौ र खाना खाँदा अल्लाहको नाम लिदैन, ऊ भन्छ: तिमीहरूले रात बिताउने ठाउँ र खाना दुबै भेट्टायौ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල Hausa Kurdî Kiswahili Português Svenska Čeština ગુજરાતી Yorùbá ئۇيغۇرچە پښتو অসমীয়া دری Кыргызча or Kinyarwanda Română తెలుగు Lietuvių മലയാളം Nederlands Soomaali Shqip Српски Українська Deutsch ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyar தமிழ் Македонски မြန်မာ አማርኛ Malagasy Oromoo ไทยالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरमा प्रवेश गर्दा र खाना खानु अघि अल्लाहको नाम लिन आदेश दिनुभएको छ । जब एक व्यक्तिले घरमा प्रवेश गर्दा र खाना खानु अघि 'बिस्मिल्लाह' भन्छ, तब शैतानले आफ्ना सहयोगीहरूलाई भन्छ, यस घरमा तिमीहरूका लागि न त रात बिताउने ठाउँ छ, न त खाने व्यवस्था, किनकि घरको मालिकले अल्लाहको नाम लिएर तिमीहरूबाट आफूलाई सुरक्षित गरेको छ । यसको विपरित, जब कुनै व्यक्ति घरमा प्रवेश गर्छ र घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिँदैन, तब शैतानले आफ्ना सहयोगीहरूलाई त्यो घरमा रात बिताउने ठाउँ र खाना खाने प्रबन्ध दुबै भेट्टाएको भनेर बताउँछ ।فوائد الحديث
घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिनु मुस्तहब हो । किनकि यदि अल्लाहको नाम लिइएन भने शैतानले घरमा रात बिताउँछ र उनीहरूको खाना खान्छ ।
शैतानले मानवको काम, व्यवहार र उसका सम्पूर्ण क्रियाकलापलाई नियालेर हेरिरहन्छ र अल्लाहको नामबाट अलिकति बेवास्ता हुने बित्तिकै आफ्नो उद्देश्य प्राप्त गर्दछ ।
अल्लाहको जिक्र (स्मरण र सम्झना) ले शैतानलाई भगाउँछ ।
प्रत्येक शैतानका केही अनुयायी र सहयोगीहरू हुन्छन्, जो उसको कुरामा खुसी हुन्छन् र उसका आदेशहरूको पालना गर्छन् ।