إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili සිංහල অসমীয়া ગુજરાતી Tiếng Việt دری Nederlands پښتو ไทย Svenska മലയാളം Кыргызча Oromoo Română తెలుగు ಕನ್ನಡ Српски ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Azərbaycan Lietuvių Українська Wolof አማርኛالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्याधिक मिस्वाक (दतवन) गर्नुहुन्थ्यो र मिस्वाक गर्न आदेश दिनुहुन्थ्यो । केही समयमा मिस्वाक गर्नु मुस्तहब हो, जस्तै : रातमा उठ्दा मिस्वाक गर्ने, किनभने जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) निद्राबाट ब्यूँझनु हुन्थ्यो, तब उहाँ आफ्नो मुखलाई मिस्वाकले रगडेर सफा गर्नुहुन्थ्यो ।فوائد الحديث
राती सुतेर उठेपछि मिस्वाक (दतवन) गर्ने प्रोत्साहन; किनभने सुत्दा मुखको गन्ध परिवर्तन हुन्छ र मिस्वाकले त्यो सफा हुन्छ ।
मुखबाट दुर्गन्ध आउँदा मिस्वाक गर्ने प्रोत्साहन र यो आदेश अघिल्लो अर्थबाट लिइएको छ ।
सामान्य रुपमा सरसफाई गर्ने प्रोत्साहन अनि यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र इस्लामको उत्कृष्ट शिष्टाचार हो ।
पूरा मुख माझ्दा दाँत, गिजा र जिब्रो समावेश हुन्छ ।
पिलु नामी रूख वा अन्य कुनै झारबाट मिस्वाक बनाउन सकिन्छ, जसलाई मुख र दाँत सफा गर्न प्रयोग गरिन्छ । यसले मुख सफा गर्छ र गन्ध हटाउँछ ।