के म तिमीहरूलाई दज्जालको बारेमा यस्ता कुराहरू नबताऊँ, जुन कुनै पनि नबीले आफ्नो अनुयायीलाई भनेनन्? ऊ कानो हुनेछ,…

के म तिमीहरूलाई दज्जालको बारेमा यस्ता कुराहरू नबताऊँ, जुन कुनै पनि नबीले आफ्नो अनुयायीलाई भनेनन्? ऊ कानो हुनेछ, उसले स्वर्ग र नरक जस्तै ल्याउनेछ

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई दज्जालको बारेमा यस्ता कुराहरू नबताऊँ, जुन कुनै पनि नबीले आफ्नो अनुयायीलाई भनेनन्? ऊ कानो हुनेछ, उसले स्वर्ग र नरक जस्तै ल्याउनेछ, उसले जसलाई स्वर्ग भन्छ त्यो वास्तवमा नरक हुनेछ । म तिमीहरूलाई यसबाट सावधान गर्दछु, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना राष्ट्रलाई चेतावनी दिएका थिए ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई दज्जालको पहिचान र चिन्हहरूको बारेमा बताउदै हुनुहुन्छ, जुन उहाँभन्दा अघि कुनै नबीले भनेनन्, जस्तै: ऊ कानो हुनेछ । अल्लाहले उसको साथमा दुईवटा चीज दिनुहुनेछ, जुन मानिसहरूको नजरमा स्वर्ग र नर्कजस्तै हुनेछ । तर वास्तवमा उसको स्वर्ग नर्क हुनेछ र उसको नर्क स्वर्ग हुनेछ । जसले उसको आज्ञापालन गर्छ, उसलाई मानिसहरूको नजरमा स्वर्ग जस्तो देखिने ठाउँमा प्रवेश गर्नेछ, तर वास्तवमा त्यो नर्क हुनेछ । जसले उसको आज्ञापालन गर्दैन, उसलाई मानिसहरूको नजरमा नर्क जस्तो देखिने ठाउँमा प्रवेश गर्नेछ, जुन वास्तवमा स्वर्ग हुनेछ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई उसको फित्ना (प्रलोभन) विरुद्ध चेतावनी दिनुभयो, जसरी नूह (अलैहिस्सलाम) ले आफ्नो राष्ट्रलाई यसको बारेमा चेतावनी दिएका थिए ।

فوائد الحديث

दज्जालको फित्ना (प्रलोभन) ठूलो प्रलोभन हुनेछ ।

दज्जालको फित्ना (प्रलोभन) बाट मुक्तिको माध्यम भनेको साँचो आस्था, अल्लाहप्रति समर्पण, अन्तिम तशह्हुदमा उसको शर (खराबी) बाट अल्लाहको शरण खोज्नु र सूरह कहफको सुरुका दश आयात (पद) हरू कण्ठ गर्नु हो ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मतको मुक्तिका लागि धेरै उत्सुक हुनुहुन्थ्यो । तसर्थ, उहाँले मुस्लिमहरूलाई दज्जालका विशेषता र चिन्हहरू बताउनुभयो, जुन उहाँ अघि कुनै पैगम्बरले भनेका थिएनन् ।

التصنيفات

अन्तिम दिनमाथि ईमान, कयामतका निशानीहरू, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को दया