पाँच प्राकृतिक कुराहरू हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं…

पाँच प्राकृतिक कुराहरू हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "पाँच प्राकृतिक कुराहरू हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच प्राकृतिक कुराहरू इस्लामको विशेषता र सन्देशवाहकहरूको सुन्नतका भाग हुन्: १) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु । २) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु । ३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु । ४) नङ्ग काट्नु । ५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।

فوائد الحديث

पैगम्बरहरूका ती सुन्नतहरू हुन्, जुन अल्लाहलाई असाध्यै मनपर्छ र उहाँले ती प्राकृतिक कुराहरु अपनाउन आदेश दिनुभएको छ । साथै यसले मानवलाई राम्रो रूप, पूर्णता, स्वच्छता र सौन्दर्य प्रदान गर्दछ ।

बेलाबेलामा यी कुराहरूमा ध्यान दिनुपर्छ र लापरवाह हुनु हुँदैन ।

यी प्राकृतिक स्वभावहरूका केही सांसारिक र धार्मिक लाभहरू छन्, जस्तैः राम्रो देखिने, शरीरको सरसफाई, पवित्रा प्राप्त गर्दा सहजता, काफिरहरूको विरोध र अल्लाहको आदेशको पालना ।

अर्को हदीसमा यी पाँच कार्यहरू बाहेक अन्य कुराहरुलाई पनि समावेश गरिएको छ, जस्तै : दाह्री बढाउने, मिस्वाक गर्ने आदि ।

التصنيفات

प्राकृतिक तरिकाहरू