إعدادات العرض
तिमीहरूले विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्न सक्दैनौ, र तिमीहरूले एकअर्काप्रति प्रेम नगरेसम्म विश्वास गर्न…
तिमीहरूले विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्न सक्दैनौ, र तिमीहरूले एकअर्काप्रति प्रेम नगरेसम्म विश्वास गर्न सक्दैनौ। के म तिमीहरूलाई यस्तो कुरामा मार्गदर्शन गरूँ, जसलाई यदि तिमीहरूले गरे, तिमीहरू एकअर्कासँग प्रेम गर्नेछौ? एकअर्कामा सलाम खुब फैलाउनु ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूले विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्न सक्दैनौ, र तिमीहरूले एकअर्काप्रति प्रेम नगरेसम्म विश्वास गर्न सक्दैनौ। के म तिमीहरूलाई यस्तो कुरामा मार्गदर्शन गरूँ, जसलाई यदि तिमीहरूले गरे, तिमीहरू एकअर्कासँग प्रेम गर्नेछौ? एकअर्कामा सलाम खुब फैलाउनु ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە Tiếng Việt ไทย پښتو অসমীয়া دری Кыргызча or Malagasy Kinyarwanda తెలుగు Lietuvių Oromoo Română മലയാളം Nederlands Soomaali Српски Українська Deutsch ಕನ್ನಡ Wolof Moore Shqip ქართული Azərbaycan Magyar বাংলাالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, आस्थावानहरू मात्र स्वर्गमा प्रवेश गर्नेछन् र एकअर्कालाई माया नगरुन्जेल नत आस्था पूर्ण हुन्छ नत मुस्लिम समाजको अवस्था सुध्रिन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रेम प्रबल र प्रगाढ हुने सबै भन्दा राम्रो कुराको मार्गदर्शन गर्नुभयो, त्यो हो मुस्लिमहरू बीच सलाम फैलाउनु, जसलाई अल्लाहले आफ्ना दासहरूका लागि अभिवादन बनाउनुभएको हो ।فوائد الحديث
स्वर्गमा प्रवेश गर्न इमान अनिवार्य हो ।
पूर्ण आस्था भनेको मुस्लिमले आफ्नो भाइको लागि त्यही मनपराउनु जुन आफ्नो लागि मन पराउँछ ।
मुस्लिमहरूलाई सलाम गर्नु र सलामलाई आम गर्नु मुस्तहब हो । किनभने यसले मानिसहरूमा प्रेम र शान्ति फैलाउँछ ।
सलाम मुस्लिमहरूलाई मात्र गरिनेछ । किनभने हदीसमा "तिमीहरू बीच" शब्द उल्लेख गरिएको छ ।
सलाम (अभिवादन) गर्दा बोलचाल विच्छेद, इर्ष्या र शत्रुताको अन्त्य हुन्छ ।
मुस्लिमहरू बीच आपसी प्रेमको महत्त्व र यो नभई आस्था पूर्ण हुनसक्दैन ।
‘अस्सलामु अलैकुम व रह्मतुल्लाहि व बरकातुहु’ सलामको पूर्ण रूप हो, जुन अर्को हदीसमा उल्लेख गरिएको छ र ‘अस्सलामु अलैकुम’ भन्नु पनि पर्याप्त छ ।
التصنيفات
अंगहरूको कार्यका गुणसद्गुणहरू