إعدادات العرض
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो:…
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु ।" उनले भने : उहाँले मलाई यी कुराहरूको बारेमा बताउनुभयो । यदि मैले थप सोधेको भए, उहाँले अझ बढी बताउनुहुन्थ्यो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili සිංහල Svenska Čeština ગુજરાતી Yorùbá Tiếng Việt پښتو অসমীয়া دری Кыргызча or Kinyarwanda తెలుగు Lietuvių Română മലയാളം Nederlands Soomaali Српски Українська Deutsch ಕನ್ನಡ Wolof Moore Shqip ქართული Azərbaycan Magyar Македонски தமிழ் မြန်မာ አማርኛ Malagasy Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो: अल्लाहलाई सबैभन्दा प्रिय कुन कर्म हो? उहाँले जवाफ दिनुभयो: शरियतले तोकेको समयमा फर्ज नमाज पढ्नु । त्यसपछि आमाबाबुको आदर गर्नु; उनीहरूसँग दयालु व्यवहार गर्ने, तिनीहरूको अधिकार पूरा गर्ने र तिनीहरूको अवज्ञाबाट बच्ने । त्यसपछि अल्लाहको वचनलाई उच्च पार्न, इस्लाम र मुस्लिमहरूको रक्षा गर्न र इस्लामिक शिआर (प्रतीक) हरूको सर्वोच्चता स्थापित गर्न आफ्नो जीउ-धन दुवैले अल्लाहको मार्गमा जिहाद गर्नु । अब्दुल्लाह बिन मसउद (रजियल्लाहु अन्हु) ले भने : उहाँले मलाई यी कार्यहरूको बारेमा बताउनुभयो; यदि मैले त्यसपछि के? सोधेको भए उहाँले मलाई थप कुरहरु बताउनुहुन्थ्यो ।فوائد الحديث
कर्महरू अल्लाहको प्रेम अनुसार आपसमा भिन्न हुन्छन् ।
उत्कृष्ट कर्म गर्न मुस्लिमलाई प्रोत्साहन ।
सबैभन्दा राम्रो कार्य के हो ? यस प्रश्नको जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्यक्ति, परिस्थिति र प्रश्नकर्ताका लागि जुन कर्म सबैभन्दा बढी लाभदायक थियो उसलाई त्यही जवाफ दिनुहुन्थ्यो ।