إعدادات العرض
रसूल अल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भने : "रोग संक्रामक हुँदैन, न त अपशगुनमा विश्वास गर्नुपर्छ, तर मलाई…
रसूल अल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भने : "रोग संक्रामक हुँदैन, न त अपशगुनमा विश्वास गर्नुपर्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोधे : "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो : "मिठो शब्द।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : रसूल अल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भने : "रोग संक्रामक हुँदैन, न त अपशगुनमा विश्वास गर्नुपर्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोधे : "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो : "मिठो शब्द।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Bahasa Indonesia Türkçe اردو 中文 हिन्दी Tagalog Français ئۇيغۇرچە Hausa Kurdî Kiswahili Português සිංහල Русский Svenska ગુજરાતી Yorùbá Tiếng Việt پښتو অসমীয়া دری or Čeština Română Nederlands Soomaali తెలుగు Српски മലയാളം Kinyarwanda Кыргызча ಕನ್ನಡ Wolof Magyar ქართული Moore Українська Македонски Azərbaycan Lietuvių አማርኛ Malagasy Shqip Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाहको इजाजत र निर्णय बिना रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने विश्वास गलत हो र यो इस्लाम पूर्वका मानिसहरूको विश्वास हो । त्यसैगरी अशुभ संकेत लिनु पनि अमान्य छ । चराचुरुङ्गी, जनावर, अपाङ्गता भएका व्यक्ति, सङ्ख्या वा दिनहरू जस्ता सुनिने वा देखिने कुराबाट अशुभ चिन्ह लिनुलाई अशुभ चिन्ह भनिन्छ । यस हदीसमा "अत-तियरा" (चरा) शब्द अशुभको लागि प्रयोग गरिएको छ, किनभने शगुनको यो विधि जाहिलियतको युगमा धेरै लोकप्रिय थियो । जब अरबहरू यात्रा वा व्यापार आदि सुरु गर्न चाहन्थे, तिनीहरू चरा उडाउने गर्थे । चरा दायाँ तर्फ उड्यो भने शुभ मानेर त्यो काम गर्थे र बायाँ तर्फ उड्यो भने अशुभ मानेर त्यसबाट पछि हट्ने गर्थे । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मलाई शगुन मन पर्छ । शगुन भनेको मिठो बोली हो, जुन सुनेपछि व्यक्तिलाई आनन्द र खुशी प्राप्त हुन्छ र यसले उसलाई आफ्नो प्रभुको बारेमा राम्रो सोच्न बाध्य तुल्याउँछ ।فوائد الحديث
अल्लाहमा भरोसा राख्नुहोस्, किनभने उहाँ बाहेक नत कसैले राम्रो गर्न सक्छ नत खराबीलाई हटाउन सक्छ ।
अशुभ निषेध गरिएको छ, कुनै कुरालाई अशुभ मानेर त्यसबाट पछि हट्ने नै अशुभ हो ।
शुभसंकेत निषेध होइन, बरु यो अल्लाहमा राम्रो विश्वास हो ।
मान्छेको हरेक काम अल्लाहको मर्जी र आज्ञाले हुन्छ र उहाँको कोही साझेदार छैन ।
التصنيفات
ताैहीद उलूहियत