إعدادات العرض
मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्म बताउनुहोस् । उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई…
मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्म बताउनुहोस् । उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भने: मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्म बताउनुहोस् । उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु ।" उनले भने:अल्लाह को कसम, जसको हातमा मेरो ज्यान छ, म यसमा केही कुरा थप्ने छैन । जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती(र्स्वगवासी)लाई हेर्न चाहन्छ, ऊसले यो व्यक्तिलाई देखोस् ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Kiswahili Português සිංහල Svenska ગુજરાતી Yorùbá ئۇيغۇرچە Tiếng Việt Hausa پښتو অসমীয়া دری Кыргызча or Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Shqip Wolof Українська Moore ქართული Magyar Македонски Azərbaycan Malagasyالشرح
गाउँबाट एक जना सहाबी र्स्वग लैजाने कामबारे सोध्न रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो, स्वर्गमा प्रवेश गर्न र नरकबाट जोगिन इस्लामका स्तम्भहरूमा निर्भर छ । यसको लागि मात्र एक अल्लाहको उपासना गर्नुपर्छ र उहाँको उपासनामा कसैलाई साझेदार गर्नु हुँदैन । अल्लाहले आफ्ना भक्तहरूमाथि अनिवार्य गर्नुभएको पाँच नमाजहरू प्रत्येक दिन पढ्नु पर्छ । अल्लाहले अनिवार्य गर्नुभएको जकात निकाल्नुपर्छ र त्यसलाई हकदारसम्म पुर्याउनु पर्छ । रमजान महिनाको रोजा समयमै राख्नु पर्छ । उसले भन्यो, अल्लाहको कसम , जसको हातमा मेरो ज्यान छ, मैले तपाईंबाट सुनेको अनिवार्य काममा नत केही थप्नेछु नत केही घटाउनेछु । जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जो कुनै जन्नतीलाई हेरेर खुशी हुन चाहन्छ, उसले यो गाउंलेलाई देखोस् ।فوائد الحديث
मानिसलाई इस्लामतर्फ आह्वान गर्दा सबै भन्दा पहिला तौहीद (एकेश्वरवाद) बाट सुरु गर्नुपर्छ ।
नयाँ मुस्लिमहरूलाई सुरुमा अनिवार्य कुरा सिकाउन पर्याप्त हुन्छ ।
इस्लामतर्फ आह्वान गर्दा क्रमशः गर्नुपर्छ ।
त्यो मानिस आफ्नो धर्म सिक्न उत्सुक थियो ।
यदि मुस्लिमले मात्र वाजिब (अनिवार्य) कुराहरू गर्छ भने ऊ सफल हुनेछ, तर यसको मतलब सुन्नत (अतिरिक्त) लाई बेवास्ता गर्नु कदापी होइन । किनभने फर्जमा भएको कमीलाई सुन्नतले पूर्ति गर्छ ।
केही उपासनालाई उल्लेख गर्नु भनेको यो उसको महत्त्व र त्यो गर्न प्रोत्साहन गरिएको प्रमाण हो । यसको मतलब अरू कुरा अनिवार्य छैनन् भन्ने कदापी होइन ।
التصنيفات
शिक्षक र विधार्थीको शिष्टाचार