إعدادات العرض
“तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ ।
“तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ ।
हजरत मुआज बिन जबल (रजियल्लाहु अन्हु)द्वारा भनिएको छ: एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम)को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैंने भनेँ : हे अल्लाहका रसूल ! मलाई यस्तो काम बताइ दिनु होस् जसले मलाई जन्नतमा प्रवेश गराओस् र जहन्नमदेखि टाढा गरि दिओस् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँ(सल्लल्लाहु अलैहि व सल्लम) ने भन्नु भयो : "के म तिमीलाई भलाई (कल्याण)का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो, र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाएको हुन्छ । , तथा मान्छेको रातिमा पढेको नमाज (पनि कल्याणका ढोकाहरूमा एउटा हो)।" तत्पश्चात् उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले यो आयत पढ्नु भयो : (तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् । र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूकालागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन । ) फिर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो : " के म तिमीलाई दीन (इस्लाम)को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नु भयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नु भयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँ(सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "मआज! तिम्रो आमाले तिमीलाई हराओस् ! ( वा तिम्रो आमालाई तिमीमाथि रुन परोस् । ) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Oromoo Tiếng Việt Kiswahili አማርኛ ગુજરાતી پښتو ไทย Română മലയാളം Malagasy Deutsch Кыргызча తెలుగుالشرح
हजरत मुआज (रजियल्लाहु अन्हु)ले भन्नु भयो: एक यात्रामा,म नबी(सल्लल्लाहु अलैहि व सल्लम)को साथमा थिएँ, र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थियौं । अत: मैले भनेँ: हे अल्लाहका रसूल ! मलाई जन्नत (स्वर्ग) लैजाने र नरकबाट टाढा राख्ने कुरा बताइ दिनुहोस् । भन्नु भयो : तिमीले मसित एउटा महान् कामका बारेमा सोध्यौ जो मन लागि भारी हुन्छ । तर अल्लाहले साथ दिनु भयो भने सजिलो पनि हुन्छ । इस्लामका फराइज ( अनिवार्य कर्म)हरू पुरा गर । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । दोस्रो : तिमीले दिन रातमा अनिवार्य गरिएका नमाज़ कायम गर । फजर, जोहर, असर, मग्रिब र इशा तिनका शर्त र आधार एवं वाजिबहरूका साथ ।" तेस्रो : फर्ज जकात निकाल, यो हरेक मालदार बालिगका लागि आर्थिक अनिवार्य उपासना हो शरीअतले तोके अनुसार जो हक दारलाई दिइन्छ । चौथो: रमजानको रोजा, भनेको उपासनाको मनसायले खानु पिउनु र यस बाहेकका रोजा तोड्ने अन्य चीजहरूबाट बिहान सूर्योदय देखि सूर्यास्तसम्म रोकिनु हो । पाँचौं: तपाईंले अल्लाहको उपासनाका लागि अल्लाहको घर मक्का जानु र हजका अर्कान ( गर्नु पर्ने अनिवार्य कामहरू) पूरा गर्नु । फेरि उहाँ(सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो: के म तिमीलाई भलाइको ढोकामा पुर्याउने माध्यमहरूको बारेमा न बताउँ ? यो ती फर्जहरू र नफ्लहरू पुरा गरेर हुन्छ । पहिलो: स्वैच्छिक (नफ्ल)उपवास, यसले मनोकांक्षाहरू नासेर र शक्तिलाई कमजोर बनाएर पापहरूमा पर्नबाट रोक्छ । दोस्रो: स्वैच्छिक दान यसले पाप गरि सके पछि त्यसलाई हटाउँछ र यसको प्रभावलाई मेटाउँछ। तेस्रो: रातको अन्तिम तिहाइमा तहज्जुदको नमाज, त्यस पछि उहाँ(सल्लल्लाहु अलैहि व सल्लम) ले, अल्लाह तआलाको यो कथन पढ्नु भयो: {तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् } अर्थात्, तिनीहरूले आफूलाई {ओछ्यानबाट} टाढा राख्ने गर्छन् । आराम गर्ने ठाउँहरूबाट , {उनीहरूले पुकारेका हुन्छन् आफ्ना पालनकर्तालाई} नमाज र दुआ जिक्र र कुरआन पढेर {डर र आशाका साथ र हामीले उनीहरूलाई दिएका कुराहरूबाट खर्च गर्दछन्, त्यसैले कसैलाई थाहा छैन तिनीहरूको आँखामा शितलताका लागि के लुकाएर राखिएको छ } अर्थात् यस्ता चिजहरू जसले उनीहरूको आँखा शितल होला् कयामतका दिन सदा रहने वाला जन्नतमा । { बदलाको रुपमा उनीहरूका कर्महरूको जो उनीहरूले गर्ने गरेका हुन्छन् । } तब उहाँले (सल्लल्लाहु अलैहि व सल्लम) भन्नु भयो: के म तिमीलाई {दीन} धर्मको असल बारेमा बताइदिउँ र त्यसको स्तम्भ जसमा यो निर्भर छ ? अनि यसको शिरका बारेमा न बताइदिउँ ? हजरत मुआज (रजियल्लाहु अन्हु)ले भन्नु भयो : (जरूर) बताउनुहोस् , हे अल्लाहका रसूल ! नबी, (सल्लल्लाहु अलैहि व सल्लम) ले, भन्नुभयो: कार्यको मूल आधार इस्लाम हो, जुन शाहदतैन (दुई कलिमा) मा समेटिएको छ। यी दुई कलिमाको माध्यमबाट व्यक्तिसँग धर्मको मूल सार रहन्छ। त्यसको स्तम्भ : नमाज हो । नमाज नभए इस्लाम हुँदैन । जसरी स्तम्भ बिना घरको कल्पना गर्न सकिदैन । अत: जसले नमाज पढ्छ उसको दीन ( धर्म) दर्हो हुन्छ र उच्च हुन्छ । यसरी नै यसको जुरोको टुप्पो र यसको उच्चता अल्लाहको बोल उच्च गर्नका निमित्त अल्लाहका शत्रुहरूका साथमा जिहादद्वारा हुन्छ । फेरि उहाँ(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : के म तिमीलाई विगतको परिशुद्धता र निपुणताका बारेमा न बताऊँ ? सो उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले आफ्नो जिब्रो समात्नु भयो र भन्नु भयो : यसलाई रोकेर राख र तिम्रो कामका कुरा बाहेक न बोल । हजरत मुआज (रजियल्लाहु अन्हु)ले भन्नु भयो : के हामीले बोलेका हरेक कुरामा हामीलाई हाम्रा रब (पालनकर्ता)ले पकड गर्नु हुन्छ र हिसाब लिनु हुन्छ र सजाय दिनु हुन्छ ?। उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नु भयो : " तिमीलाई तिम्रो आमाले हराओस् ।" यो वाक्यले श्राप दिएको भनिदैन । अरबहरू यस्तो शब्दको प्रयोग कुनै यस्तो कुरालाई जसबाट सावधान हुनु पर्ने थियो तर सावधान नभए र वा थाहा पाउने पर्ने तर थाहा नभएको रहेछ भने भन्ने गर्छन् । फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नु भयो : मान्छेहरूलाई मुख घोप्ट्याएर जहन्नम ( नरक) मा फ्यालिने कारण यही हो कि उनीहरू आफ्नो मुखले कुफ्रका वाक्यहरू बोल्ने गर्थे । गाली गलौच, कुरा काट्नु ,कुरा लगाउनु र लाञ्छना लगाउनु , आदी गर्ने गर्छन् ।فوائد الحديث
सहाबीहरूको ज्ञान आर्जनका बारेमा जिज्ञासा, यसैका कारण उनीहरूले नबी(सल्लल्लाहु अलैहि वसल्लम) सित बारम्बार सोध्ने गर्थे ।
सहाबीहरूको फिक्ह ( ज्ञानलाई बुझ्नु ) : किन भने उनीहरूलाई यो कुराका बारेका थाहा थियो कि आमाल ( कर्महरू) नै जन्नत ( स्वर्ग)मा प्रवेश गराउने माध्यम हुन् ।
हजरत मुआज (रजियल्लाहु अन्हु)द्वारा गरिएको प्रश्न अति नै महान् प्रश्न हो । किन भने यो भनेको जीवनको भेद हो । त्यसैले यो संसारमा भएका चाहे मानव जात हुन् वा जिन्न, उनीहरूको अन्तिम नतिजा भनेको या त जन्नत हो वा आगो ( नर्क) । त्यसैका कारण यो प्रश्न असामान्य हुनु गएको हो ।
इस्लामका पाँच आधारभूत कुराहरूको पालनाको प्रतिफल भनेको जन्नतमा प्रवेशको सौभाग्य प्राप्त हुनु हो । यी पाँच आधारहरू यी हुन् । दुइ गवाही ( शहादतैन),नमाज, जकात ,रोजा र हज ।
धर्मको मूल, सबैभन्दा मूल्यवान कार्य, र उच्चतम कर्तव्य अल्लाहको एकता (तौहीद) हो, जसमा केवल उहाँको उपासना गरिन्छ र उहाँसँग कुनै साझेदार मानिंदैन।
अल्लाहको आफ्ना भक्तहरू माथि दयाको नै नतिजा हो कि उहाँले उनीहरूका लागि कल्याणका ढोकाहरू खोलि दिनु भयो । यो उद्देश्यले कि उनीहरू सवाब र प्रतिफल पाउनका लागि र पापहरू क्षमा गरियून् भनेर धेरै भन्दा धेरै मोक्ष याचनाका कामहरू गरून् ।
फर्ज ( अनिवार्य आदेश)हरू पूरा गरिए पछि नवाफिल ( थप कर्महरू)को माध्यमबाट अल्लाहको निकटता एवं सानिध्धय हासिल गर्ने विशेषता:
नमाज इस्लाममा त्यस्तै स्थान राख्छ जस्तो स्तम्भले पाललाई थाम्छ। यदि नमाज हरायो भने इस्लाम समाप्त हुन्छ, जसरी स्तम्भ ढलेपछि पाल लड्छ।
धर्म (इस्लाम)लाई नोक्सान पुर्याउने वाला हरेक कुराबाट मुख जोगाउनु पर्ने आवश्यकता ।
मुख जोगाउनु हरेक कल्याणको जरो हो ।
التصنيفات
इस्लाम